पाँचदिने भाषणकला तालिम सम्पन्न

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १ असार


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको पाँचदिने भाषणकला तालिमको शनिवार सम्पन्न भएको छ ।

         संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीसहित २२ जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि हालसम्म समाज र देशकै लागि थुप्रै व्यक्तित्व निर्माण गरिरहेको बताए । उनले विभिन्न क्षेत्रमा काम गर्ने र पेशा व्यवसायमा लाग्नेहरुलाई कुशल नेतृत्व गर्न सिकाएको बताए । साथै संस्थाका सदस्यमाझ सहकारी सम्बन्धी सकारात्मक सोच प्रदान गर्न यस तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गए ।
यस तालिमले प्रतिष्ठित र ख्यातीप्राप्त व्यक्ति बन्न प्रेरित गर्ने बताउँदै उनले विभिन्न सफल व्यक्तिहरुको जीवनीको अध्ययनले पनि सफल र राम्रो व्यक्ति बनाउन मद्दत गर्ने औंल्याए । बोल्दा अर्थको अनर्थ नहुने गरी राम्रो शब्दको छनोट गर्नुपर्ने बताउँदै उनले हजार शिक्षकभन्दा एक आमाबुबाले सफल तरिकाले आफ्ना छोराछोरीलाई जीवन जिउन सिकाउनु महत्वपूर्ण हुने बताए ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुर बचतको योगदान र संस्थाबाट निर्मित विभिन्न नीतिहरुको बारेमा सदस्यहरुमाझ सकारात्मक प्रचार गर्नुपर्नेमा जोड दिए । उनले के बोल्नेभन्दा कसरी बोल्ने भन्नेतिर जोड दिनुपर्ने बताए । यो तालिम सहकारीको वार्षिक नीति तथा कार्यक्रम अनुसार नै विभिन्न उपसमितिहरुबाट आएको कार्यतालिकाकै सिलसिला भएको स्पष्ट पार्दै नयाँ सोच अनुसारका कार्यक्रम ल्याउन आह्वान गरे ।

तालिमका प्रशिक्षक शरद राईले आत्मविश्वासलाई बढाए कहिल्यै हार खानुनपर्ने कुरामा जोड दिँदै भाषणकलामा सिकेका कुरालाई निरन्तर अभ्यास गर्नुपर्ने बताए । उनले बोल्दा निर्भिक भई पूरा तयारीका साथ बोलेमा डर सबै हट्ने बताए ।

 

आयोजक समितिका संयोजक कृष्णश्वरी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि धन्छाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । प्रशिक्षार्थीहरु चन्द्रलक्ष्मी दुवाल, दयालक्ष्मी धन्छा, कृष्णसागर कोजु, उर्मिला कोजुलगायतले तालिमको अनुभव बताएको उक्त कार्यक्रममा विकल कोजुले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *