डिजिटल प्रिन्टलिंकको दक्षता अभिवृद्धि कार्यक्रम तेलकोटमा

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २ असार


प्रिन्टिङ क्षेत्रमा अग्रणी कार्य गरिँदै आएको भक्तपुर मूलढोकास्थित रहेको डिजिटल प्रिन्टलिंकले कर्मचारीहरुको दक्षतालाई अभिवृद्धि गर्न तेलकोटस्थित होटल हेभनहिलमा शनिवार कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मनोविज्ञान विज्ञ करिश्मा काफ्लेले कामको बोझले काममा पर्ने असर, चाप र प्रभावबारे स्पष्ट पार्दै कार्यशैलीलाई सहज गर्ने तरिकाबारे जानकारी दिए । उनले सिक्ने र सिकाउने कार्य जहिले पनि खुला हुने भएकाले कितावी रुपमा मात्र जान नहुनेमा जोड दिए । साथै सांगठनिक ढाँचामा रहेर एक आपसमा छलफल गरी कार्य गरे हरेक कार्य सहज हुने उनको ठहर छ । उनले आफ्नो जिम्मेवारीका काम आफूले पूरा नगर्दा अर्कोलाई असर पर्ने भएकाले सामूहिक कार्यमा त्यस्तो गर्न नहुने बताए ।

कार्यक्रममा सञ्चालक रमेश दनेखुले संस्थाभित्रका सबल, दुर्वल, चुनौती र असरबारे स्पष्ट पारेको थियो । सञ्चालक बलराम प्रजापतिले हरेक कार्य रुचिपूर्ण रुपमा अगाडि बढाउन यस्ता कार्यक्रमले पुनर्ताजगी गर्दै जाने बताए । सञ्चालक प्रेम प्रजापतिले बजारको अवस्था र हाम्रो व्यवहारबारे बताए ।
कम्प्युटर अपरेटर सीता प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा विभिन्न विभागका कर्मचारीहरु अन्तरक्रियात्मक रुपमा आफ्ना विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *