न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ जेठ

भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं प्रवक्ता राजन कार्कीले जानकारी दिए ।
