मुगुमा १४ वर्षीया किशोरीमाथि ९ जनाको सामूहिक बलात्कार, गर्भवती भएपछि घटना सार्वजनिक

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ माघsharethis sharing button

मुगुमा एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। १४ वर्षीया किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको पाइएपछि चार जना भने फरार छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका घर भएकी ती किशोरीमाथि नगर प्रहरीका जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेका थिए। ती किशोरी गर्भवती भएपछि बल्ल बलात्कारको विषय सार्वजनिक भएको थियो।
सोही बलात्कारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुपेन्द्र बुढाथोकीले जानकारी दिए।
बलात्कार आरोप लागेका कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया र १४ वर्ष मुनिका तीन जना किशोरलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुविरुद्ध बलात्कार कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बलात्कार आरोपमा कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायतसहित चार जना भने अझै फरार छन्। पीडित किशोरीले दिएको जाहेरीअनुसार घटना गत असोज १० गतेको हो।

सुरुमा गमगढीस्थित किशोरीको डेरामा नगर प्रहरी कार्की आएका थिए। उनले एकछिन काम छ भन्दै बोलाएर ती किशोरीलाई कृषि विकास कार्यालय भवनमा पुर्‍याएका थिए। त्यही भवनमा उनीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *