सच्चा कम्युनिस्ट पार्टी कामदार वर्गको पक्षमा हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ भदाै नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ नं वडा समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको बताए । सामन्तवादी तथा पुँजीवादी शक्तिहरूले जनताको लागि लड्ने पार्टी तथा […]

Continue Reading

अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजय प्रसादकाे भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, १० भदाै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग साम्राज्यवाद बिरोधी लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गरेको छ। भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि भएको बताए। नेपाल […]

Continue Reading

बागमतीमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ भदाै बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो । यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थियो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार निकालेको […]

Continue Reading

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ भदाै धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ […]

Continue Reading

भक्तपुर बारले गरे बास्तोला र थापालाई सम्मान

प्रेम प्रजापति भक्तपुर, ५ भदौ कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल बार एशोसियशनका केन्द्रीय अध्यक्ष गोपाल कृष्ण घिमिरेले अनुहार हेरेर होइन, कामको मूल्याङ्कन गरीसम्मान गरेको बताए । जीवनभर न्याय र कानुनमा समर्पित उहाँहरु देशैभरका कानुन व्यवसायीबाट सम्मानित व्यक्तित्व रहेको चर्चा गरे । निर्दोष व्यक्ति कहिल्यै अन्यायमा पर्न नहुने तर्क राख्दै उनले न्यायालयभित्र नियुक्तिका कुरामा विवाद आउने […]

Continue Reading

साढे तीन अर्बको बित्तीय विवरणसहित भक्तपुर बचतको समीक्षा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. २०७९÷०८० को वार्षिक समीक्षा शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा तीन अर्ब ४९ करोड ९९ लाख रुपैयाँको वित्तीय विवरण पेश भएको छ । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले संस्थाको दिगोपना पदाधिकारी र कर्मचारीको कुशल […]

Continue Reading

भदौ २२ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ३ हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ भदौ वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भदौ २२ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ३ सुरु हुने भएको छ । कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसारयस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ […]

Continue Reading

विश्व फोटोग्राफी दिवसः फोटो कन्टेन इन फोटोवाल्क

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ भदौ एक सय ८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा शनिबार भक्तपुरमा दुई छुट्टाछुट्टै संस्थाले फोटो प्रतियोगिता गरेको छ । किपाग्राफी भक्तपुरको आयोजनामा दरवार स्क्वायरमा फोटो कन्टेन इन फोटोवाल्क कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन भक्तपुरका पुराना फोटोग्राफर एवं मिडियाकर्मी केदार बनेपालीले एक समारोहवीच गरे । कार्यक्रम अन्तर्गत फोटो […]

Continue Reading

काठमाडौं महानगरपालिकाले बनायो निःशुल्क उपचारसम्बन्धी मस्यौदा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३२ साउन काठमाडौं महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ। स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन्। […]

Continue Reading

डेंगुबाट १३ हजार संक्रमित, सतर्कता अपनाउन आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण  फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्। डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान […]

Continue Reading