विश्व फोटोग्राफी दिवसः फोटो कन्टेन इन फोटोवाल्क

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३ भदौ


एक सय ८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा शनिबार भक्तपुरमा दुई छुट्टाछुट्टै संस्थाले फोटो प्रतियोगिता गरेको छ । किपाग्राफी भक्तपुरको आयोजनामा दरवार स्क्वायरमा फोटो कन्टेन इन फोटोवाल्क कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन भक्तपुरका पुराना फोटोग्राफर एवं मिडियाकर्मी केदार बनेपालीले एक समारोहवीच गरे । कार्यक्रम अन्तर्गत फोटो प्रतियोगिता भएको हो । किपाग्राफीमा रहेर र वाहिरका गरी दुई विधामा फोटो प्रतियोगिता भएको हो । कार्यक्रम अन्तर्गत शनिबार दिनभर भक्तपुरका विभिन्न ठाउँंमा घुमेर फोटो खिच्ने र खिचिएका फोटोहरुमध्ये प्रति फोटोग्राफर दुईदुई वटा आफूलाई उत्कृष्ट लागेका फोटोहरु इमेलबाट प्रतियोगितामा प्रतिस्पर्धाका लागि पठाउने बताएको छ ।

पठाइएको प्रतियोगीहरुमध्ये किपाग्राफीका प्रतिस्पर्धीमध्ये एक जना र अन्यमा पहिलो, दोस्रो र तेस्रो उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । पठाइएको फोटोहरुमध्ये मूल्यांकन गरी आगामी शनिबार उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
यता एक सय ८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा शनिबार भक्तपुरको दरवार स्क्वायरमै भक्तपुर फोटोवक एण्ड फोटो कम्युटिशन २०२३ भएको छ । काठमाडौं फोटोग्राफर एसोसिएसनको आयोजनामा प्रतियोगिता भएको हो ।

संघका उपाध्यक्ष भोला काफ्लेका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटोग्राफर पहिलो, दोस्रो र तेस्रो गरी तीनजनालाई संघका भदौ ३० गते हुने कार्यक्रममा मेडल, पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जनाए । संघका सचिव हरिप्रसाद घिमिरेले फोटो वक नेपाल नेपाल र किपाग्राफी भक्तपुरको सहयोगमा कार्यक्रम भएको जानकारी गराए ।
कार्यक्रम अन्तर्गत फोटो प्रतियोगितामा पनि भएको हो । त्यस अनुसार फोटोग्राफी प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले शनिबार दिनभर खिचेका भक्तपुरका फोटोहरु समावेश गरिने छ । तिनीहरुमध्ये उत्कृष्ट तीन जना छनौट गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *