भक्तपुरमा लेखक, कलाकर, संस्कृतिकर्मी भेला सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ साउन


ऐतिहासिक गाईजात्रा पर्व २०८० को उपलक्ष्यमा शुक्रबार लेखक, कलाकार, संस्कृतिकर्मीहरुको भेला भएको छ । सापारुदेखि कृष्णाष्टमीसम्म चल्ने गाईजात्रा पर्वमा देखाइने हास्य व्यंग्य प्रहशन, ख्याल, नाटक, गीतिनाटकलगायतको तयारी स्वरुप भेला भएको हो ।

लेखक कलाकारहरुलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छेँले राष्ट्रिय पार्टी र शासक दलहरुले गरेका भ्रष्टाचार र कर्टुटका विषयमा उदांगो पार्नुपर्ने बताए । उनले जनताको पक्षमा जनताले बुझ्ने भाषामा प्रहशनहरु बनाई जनतालाई सचेत पार्नुपर्ने औंल्याए । सत्तासिन भ्रष्टहरुको कर्टुटको पर्दाफास गरी जनतालाई वास्तविक कुराको विषयमा सचेत पार्नुपर्नेमा जोड दिए ।

नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले उपचार र शिक्षाको नाममा देशका युवावर्ग विदेश पलायन भएकोप्रति सचेत पार्नुपर्ने बताए । उनले बाल उद्यान, शिशुस्याहार केन्द्रजस्तै आदर निकेतनको आवश्यक रहेको औल्याए । साथै उनले धर्मको नाममा धार्मिक अतिक्रमणबाट विदेशी शक्तिको प्रभाव परिरहेको औल्याए । जनताको दैनिक जीवनमा महँगीले सताएको र पूँजीवादी शासक दलकै कारण यस्तो भएको बताए ।
कार्यक्रममा पार्टी नगर समितिका अध्यक्ष नारायण बहादुर दुवाल, आयोजक समितिका संयोजक कृष्ण गोविन्द लाखा, लक्ष्मी प्रसाद चवाल, श्यामसुन्दर शिल्पकार, राजेन्द्र श्रेष्ठ, हरिसुन्दर पोतामाहा, प्रेम प्रजापतिलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *