भ्रष्टाचारको मुहान नष्ट नगरेसम्म देश अगाडि नबढ्ने

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ८ जेठ

भ्रष्टाचारको मुहान नष्ट नगरेसम्म देश अगाडि नबढ्ने

नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर नगरस्तरीय कार्यकर्ता भेला शनिबार कीर्तिपुरमा सम्पन्न भएकाे छ ।

भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् जाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशमा भ्रष्टाचारले सीमा नाघिसकेको उल्लेख गर्दै केही भ्रष्टाचारीलाई समात्दैमा भ्रष्टाचार उन्मूलन नहुने भएकोले भ्रष्टाचारको मुहान नै नष्ट गर्नुपर्ने बताए। पूँ जीवाद भ्रष्टाचारको सरकारको छाया सरह हुने भएकोले आजसम्म पुँजीवादी सरकारमा गएका प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ व्यक्तिहरू भ्रष्टाचारबाट मुक्त छैनन्, उनले भने। उनले नक्कली भुटानी शरणार्थीको नाममा मानव तस्कर गरेर अमेरिका पठाउने दोषीलाई अदालतको फैसलापछि मृत्युदण्ड दिनुपर्ने बताए। राजनीतिक पार्टीहरू अनैतिक ढङ्गले विस्तारवाद र साम्राज्यवादको आर्थिक लोभमा लागे । मौका नपाएसम्म इमानदार बनेका बेइमानीहरूलाई नेपाली जनताले एक दिन सजाय दिनेछन्, केन्द्रीय सदस्य गोसाईले भने। नेमकिपा आफ्नो खुट्टामा उभिएर कसैसँग भिख माग्ने गर्दैन, नैतिकता बेच्दैन, कसेको परनिर्भर भएर काम गर्दैन, बरू निःस्वार्थरूपले देश र जनताको सेवामा समाजवादी क्रान्तिको तयारीमा लाग्नेछ, उनले भने। केन्द्रीय सदस्य गोसाईले भने, “युक्रेनको युद्ध अमेरिकी साम्राज्यवादले रूसमाथि आक्रमण गर्ने तयारी भएकोले बेलैमा रूसले अमेरिकाविरूद्ध युद्ध छेडेको हो ।”

पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले कीर्तिपुरमा भएको सर्वदलीय बैठकमा नेमकिपाले खेलेको भूमिकाबारे प्रकाश पार्दै नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुरूप अगाडि बढिरहेको बताए।

उनले पार्टी कार्यकर्ताहरू सिद्धान्त र विचारबाट प्रशिक्षित भई देश र जनताको सेवामा लाग्नुपर्ने बताए। पार्टीको लक्ष्य प्राप्त गर्न सबै कार्यकर्ताहरू पार्टीको विधान र कार्यक्रम कार्यान्वयन गर्न परिचालित हुनुपर्ने उनले बताए।

नेमकिपाका वाशुमान महर्जनले पार्टीका कार्यकर्ताहरूको आचरण सफा हुनुपर्ने, जनताबिच नजिक सम्बन्ध राखी अघि बढ्नुपर्ने र जनतालाई देशको वास्तविक कुराको ज्ञान दिनुपर्ने बताए।

प्रशान्त महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा सर्जु महर्जन, हरिकुमार महर्जन र मनुषा महर्जनले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *