हेमन्त सुन्दासले निक साइमन्स अवार्ड २०२२ पाए

शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौं, ९ चैत्र


भोजपुरको मानेडाँडा आधारभुत अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासले निक साइमन्स अवार्ड २०२२ पाएका छन्।

बुधबार राजधानीमा आयोजित एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनुमा जनस्वास्थ्य निरीक्षक सुन्दासलाई अवार्ड प्रदान गरिएको हो। बुधबारदेखी शुक्रबारसम्म चल्ने सम्मेलन स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निक साइमन्स इन्स्टिच्यूट (एनएसआईं) को संयुक्त आयोजनामा भइरहेको छ।

लामो समयदेखि ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान र उनीहरुले भोगिरहेका समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना हुँदै आइरहेको एनएसआईकी कार्यकारी निर्देशक डा अर्चना अमात्यले जानकारी दिइन्। उनका अनुसार सम्मेलनमा नेपालका ५१ जिल्लाबाट ९१ जना ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु सहभागी छन्।

ग्रामीण क्षेत्रमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई अगाडि बढ्न हौसला दिने, निरन्तर मेडिकल शिक्षा (सिएमई) प्रदान गर्ने, सरकारी स्वाथ्य पद्दतिको बारेमा छलफलका लागि साझा मन्चका रूपमा यो कार्यक्रम रहेको छ। त्यसैगरी स्वास्थ्यकर्मीहरु, सरकारी निकाय र एनएसआई बीच भविष्यमा संजालको सम्भावनाको खोजी गर्नु पनि यस कार्यक्रमको उद्देश्य हो, डा अमात्यले भनिन्।
कार्यक्रममा ७ जना स्वास्थ्यकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
कोभिडका कारण यस अघि २०१९ मा अन्तिम ७ मा पर्न सफल ७ जना स्वास्थ्यकर्मीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *