वागीश्वरीमा विद्यालय–प्रहरी समिति गठन

समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ चैत्र


वागीश्वरी माध्यामिक विद्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विद्यालय–प्रहरी सम्पर्क समिति प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको संयोजकत्वमा दश सदस्यीय नयाँ समिति गठन गरिएको छ ।
विद्यालयमा २०७५ सालमा पनि यस्तो समिति गठन गरिएको स्मरण गर्दै प्रधानाध्यापक धन्छाले नयाँ गठीत समितिले अझ सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाए । अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग गर्ने नेपाल प्रहरी र स्थानीय संस्थागत साझेदारीको अवधारणा रहेको प्रहरी नायब निरिक्षक डिकराज प्रसाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *