नेमकिपाको ४९ औं पार्टी स्थापना दिवस मनाइयो

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २५ माघ


नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रा.स.को आयोजनामा मंगलबार ४९ आौं पार्टी स्थापना दिवस मनाइयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले नेपालले बेलायती संसदीय व्यवस्थालाई अनुसरण गरेकै कारण सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्षमा बस्न नहुने जिकिर गरे । उनले नेपालले अँगालेको संसदीय व्यवस्था नमान्ने भए चिनीयाँ संसदीय व्यवस्था मान्नुपर्ने, तर काँग्रेसले दुवै नमानिरहेको बताए । उनले किसान आन्दोलनको जग बारामा हुने नेपाल क्रान्तिकारी किसान संघको ऐतिहासिक राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पार्न सहभागिताका लागि अनुरोध गरे ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्ण गोविन्द लाखाले नेपालमा जो कम्युनिष्टको आचरण नै छैन, उसले आफैलाई कम्युनिष्ट भनी दावी गर्नु गलत भएको बताउँदै किसान र मजदुरको समस्याको समाधानसँगै समाजवादसम्म पुग्ने लक्ष्य बोकेको नेपाल मजदुर किसान पार्टीले ४९ वर्षको इतिहास रचेको स्पष्ट पारे । उनले अबको पुस्तालाई सूचना प्रविधियुक्त प्रशिक्षणको आवश्यकता रहेको औल्याए ।


आयोजक समितिको अध्यक्ष दिलभक्त कोजूले सभापतिको आसनबाट बोल्दै नेमकिपाको स्थापनाको आधार नेपाल कम्युुनिष्ट पार्टीभित्र देखेका खोटा विचारको खण्डन र विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय आन्दोलनहरु रहेको स्पष्ट पारे । उनले नेमकिपाले मात्रै माक्र्सवाद, लेनीनवाद र माओत्सेतुङ विचारधारालाई अँगिकार गर्दै अगाडि बढेको बताए । कम्युनष्टि घोषणापत्र र नेपालमा यसको कार्यान्वयनबारे स्पष्ट पार्दै उनले विश्व कम्युनिष्ट आन्दोलनका इतिहासबारे अध्ययन गर्न जोड दिए ।
कार्यक्रममा उपाध्यक्ष काशीलाल प्रजापति, सचिव लक्ष्मी प्रसाद कुसीलगायतले नेपाल मजदुर किसान पार्टी र स्थापनाका आधारबारे प्रष्ट्याइएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *