वीरगञ्ज महानगरले अनधिकृत संरचनामा डोजर चलायो

न्यूज अपडेट संवाददाता वीरगञ्ज, १७ चैत  महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको अनधिकृत घर टहरा डोजर लगाएर भत्काएको हो । ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा सार्वजनिक जग्गामा बनाइएका ४ वटा पक्की भवन तथा १७ वटा टहरामा डोजर लगाएर हटाइएको महानगरको […]

Continue Reading

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ चैत भारतमा कोरोना संक्रमण बढ्न थालेको छ। बितेको २४ घन्टामा कुल सक्रिय संक्रमितको संख्या १५ हजार २०८ पुगेको छ। १ लाख १८ हजार मानिसको परीक्षण गरिएको थियो। समाचार एजेन्सीका अनुसार भारतमा बिहीबार लगभग ३ हजार नयाँ संक्रमित फेला परेका छन्। दिल्लीमा तीव्र गतिमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको छ। दिल्लीमा […]

Continue Reading

वीर अस्पतालमा क्यान्सर रोग उपचार मेसिन बिग्रिएको मर्मत किन भएन ?

न्यूज अपडेट संवाददाता काठमाडौँ, १६ चैत नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले बुधबार प्रतिनिधिसभाको बैठकको ढ्यापढ्याप समयमा देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले राख्नुभएको मन्तव्यको सार – राजस्वबाट कर्मचारीलाई तलब खुवाउनसमेत नपुग्ने अवस्थामा पु¥याई अर्थतन्त्रलाई कमजोर बनाउने अहिलेसम्मका मन्त्रीहरूसँग स्पष्टीकरण लिनुपर्छ । यसबारे प्रतिवेदन तयार गर्न एउटा संसदीय छानबिन समिति गठन गर्नु […]

Continue Reading

युट्युब र टिकटकसँग टिभीले डराउनुपर्दैन :ओली

न्यूज अपडेट संवाददाता काठमाडौ, १५ चैत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताएका छन् ।बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए ।‘टेलिभिजनहरु युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु’, ओलीले भने, […]

Continue Reading

कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न कारागार अस्पतालमा बृहत छलफल

न्यूज अपडेट संवाददाता काठमाडौ, १५ चैत केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न बृहत छलफल कार्यक्रम गरिएको छ। कारागार ब्यवस्थापन विभाग,कारागार कार्यालय,अनाश्रीत गुल्म जगन्नाथदेवल तथा कैदीबन्दीहरुको विशेषज्ञ स्वास्थ्य उपचार गर्न सम्झौता गरिएका १८ वटा अस्पतालका निर्देशक र फोकल पर्सनसँग गुणस्तरीय प्रेषण तथा उपचार व्यवस्थापन सम्बन्धी छलफल भएको हो। केन्द्रीय कारागार अस्पतालबाट थप विशिष्टिकृत परामर्श […]

Continue Reading

महाकाली सन्धिमा नेपाल कसरी ठगिएको छ ?

रामेश्वर अमात्य काठमाडाैं, १४ चैत नेपालको जलस्रोतमा भारतले कस्तो दृष्टिकोण राख्दै आएको छ र यी सबै नदीनालाहरूमा एकाधिकार कायम गर्न उसले के–कस्तो रणनीति अपनाउँदै आएको छ भन्ने कुरा बुझेपछि नेपाल र भारतबीच भएको एकीकृत महाकाली परियोजनामा नेपाल कसरी ठगिएको छ भन्ने चक्रब्युहलाई बुझ्न अझ सजिलो हुनेछ । भारतले जबरजस्ती नेपाली सीमा मिचेर नेपालको सहमति नलिइकन […]

Continue Reading

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको तयारी बैठक

न्यूज अपडेट संवादाता भक्तपुर, १२ चैत्र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरूसँगको बैठक आइतबार नपा सभाकक्षमा सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले २०७९/८० को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे । […]

Continue Reading

उपत्यकाका पालिकामा १० वर्षमै जनसंख्या दोब्बर

न्यूज अपडेट संवाददाता काठमाडौं, १० चैत्र पछिल्लो १० वर्षमा काठमाडौं उपत्यकाका स्थानीय तहमा जनसंख्या वृद्धिदर उच्च देखिएको छ । सबैभन्दा धेरै जनसंख्या बढ्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पहिलो स्थानमा छ ।शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको जनसंख्या २०६८ को भन्दा दोब्बरले बढेको छ । २०६८ मा ६० हजार २३७ […]

Continue Reading

‘ख्वप कलेज’, ‘ख्वप मावि’ र ‘ख्वप कलेज अफ ल’ मा नया  प्रचार्यहरु नियुक्त

न्यूज अपडेट संवाददाता भक्तपुर, १० चैत्र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस, शारदा क्याम्पस मा.वि र ख्वप कलेज अफ ल मा नयाँ प्राचार्यहरु नियुक्त भएका छन् । ख्वप कलेज तथा शारदा क्याम्पसमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ख्वप मा.वि. तथा शारदा क्याम्पस मा.वि. मा लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल मा अधिवक्ता […]

Continue Reading

स्व. कलाकार बीएस राणाको परिवारलाई उपचारका लागि १ लाख सहयोग

न्यूज अपडेट संवादाता काठमाडाैं, ९ चैत्र स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक वशुन्धरा भुषालले हस्तान्तरण […]

Continue Reading