सीपीसीको २० औँ महाधिवेशनपछि राष्ट्राध्यक्ष सीद्वारा काउ छ्याउ गाउँको निरीक्षण

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, १३ कात्तिक

 

सीपीसीको २० औँ महाधिवेशनपछि राष्ट्राध्यक्ष सीद्वारा काउ छ्याउ गाउँको निरीक्षण

शरद ऋतुमा चीनको उत्तर–पश्चिमी भागमा अवस्थित पल्लो शान सी प्रान्तको यान आन शहर (यनान) को काउ छ्याउ गाउँको नान कौ बस्तीमा रहेको स्याउबारीमा राम्रो फसल देखिन्छ । अक्टोबर २६ का दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले स्याउबारीको निरीक्षण गर्दै एउटा ठूलो रातो स्याउ टिप्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनपछि राष्ट्राध्यक्ष सीले गर्नुभएको स्वदेश निरीक्षण यो नै पहिलोपटक हो ।

यस अवसरमा नान कौ बस्तीमा स्याउखेतीको प्रविधिमा निरन्तर रुपमा विकास हुँदै आएको र स्याउको राम्रो बिक्री भएको जानकारी लिएपछि राष्ट्राध्यक्ष सीले “यो सबैभन्दा राम्रो र सबैभन्दा उपयोगी उद्योग हो र त्यसको उज्यालो भविष्य रहने” भन्दै प्रशंसा गर्नुभयो ।

यस पटकको निरीक्षणमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको भावना चौतर्फीरूपमा सिकेर त्यसको पालना गर्नुपर्ने, ग्रामीण क्षेत्रको उत्थानलाई चौतर्फीरूपमा अघि बढाउनुपर्ने, ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई साकार तुल्याउन अथक प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्राध्यक्ष सीद्वारा यीन श्वी अवशेषको निरीक्षण
त्यसैगरी यीन श्वी अवशेष चीनको मध्य भागमा अवस्थित हनान प्रान्तको आन याङ शहरको उत्तर–पश्चिमी कछाड क्षेत्रमा रहेको छ । त्यसको क्षेत्रफल करिब ३० वर्ग किलोमिटर रहेको छ । जुन चीनको पुरातात्विक इतिहासमा सबैभन्दा लामो समय रहेको र सबैभन्दा ठूलो क्षेत्रफलको प्राचीन शहरको अवशेष हो ।

चिनियाँ राष्ट्रपति सी चिन फिङले अक्टोबर २८ का दिन यीन श्वी अवशेषको निरीक्षण गर्नुभएको छ । यस अवसरमा उहाँले चीनको उत्कृष्ट परम्परागत संस्कृति चिनियाँ कम्युनिस्ट पार्टीको सिर्जनात्मक नीतिको ‘जरा’ हो भन्दै संस्कृतिप्रति आत्मविश्वासलाई दृढ पार्नुपर्ने र चिनियाँको हैसियतमा आफ्ना आत्मविश्वास र आत्मगौरवलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रपति सीले यीन श्वी अवशेषमा भेटिएको कछुवाको खबटामा कुँदिएको प्राचीन अस्थि लिपीले चीनका लागि ३ हजार वर्षअघिको चिनियाँ अक्षर सञ्चय गरेको औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *