चौबीसौ विविध भाषा साहित्य सम्मेलन सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

गठबन्धनका पार्टीलाई जिताए देश नरहने– का. बिजुक्छेँ

 

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ कात्तिक


मध्यपुर थिमिको ताहाननी टोलमा २४औं विविध भाषा साहित्य सम्मेलन मंगलबार सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनले गठबन्धनको पार्टीलाई जिताएमा देशको अस्तित्व नरहने स्पष्ट पारे । शिक्षा तथा समाजसेवी कृष्ण बहादुर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा विजुक्छेँले अहिलेको नागरिकता ऐन लागु गरे हाम्रो देश नहुने धारणा राखे । जातीय राज्यले देशको भविष्य राम्रो नहुने स्पष्ट पार्दै उनले जातीय राज्यले हिन्दू र मश्लिमको जस्तै युद्ध हुने खतरा बढ्ने स्पष्ट पारे ।
नेमकिपाको केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माओवादीले पाल्पा र दुल्लुको दरबारलाई ध्वस्त पारेको तर नेमकिपाले पुराना सम्पदाको संरक्षण गरेको कारण भक्तपुर नगरमा आन्तरिक र बाह्य पर्यटन बढिरहेको प्रस्ट पारे ।
उनले विदेशीलाई सजिलै नागरिकता दिने बदनियतले नै नागरिकता विधेयक ल्याएको हुँदा उक्त कदम देशघाटी भएको बताए ।

ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले सर्वसाधारण जनताका छोराछोरीहरुले ख्वपका शैक्षिक संस्थाहरुमा कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न पाएको बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारीका विकृति र विसंगतिबारे जानकारी गराउँदै सहकारीको सिद्धान्तअनुसार सहकारी संस्था चलाउनुपर्ने आवश्यकता औल्याए ।
मथिनपा वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले विविध भाषा साहित्य सम्मेलनको इतिहासबारे जानकारी दिँदै मथिनपाको महालक्ष्मीस्थानमा मानव अंग प्रत्यारोपण अस्पताल बनाउनको लागि वडाले जग्गा उपलब्ध गराउने सिफारिस पठाइसकेको जानकारी दिए । उनले भनपाले जस्तै शैक्षिक संस्था खोल्न खोज्दा शासक पार्टीका नेताहरुले रोकेको बताए । कार्यक्रममा डा. रविन्द्रभक्त प्रधानाङ्गलगायतले बोलेका थिए ।


अतिथि विजुक्छैँले मानन्धर गुँला बाजा, मध्यपुर गुँला बाजा, थिमि गुँला बाजाका प्रतिनिधि र बोडे नीलबाराही नाचगणका प्रतिनिधि, बोडे जात्रामा जिब्रो छेड्ने बुद्धकृष्ण बाग श्रेष्ठ, बाजा गुरु श्रीगोपाल प्रजापति, ज्येष्ठ नागरिक हिराकाजी प्रजापतिलगायतलाई सम्मान गरेको उक्त कार्यक्रको बीच बीचमा साहित्यकारहरुबाट विविध भाषाका साहित्य बाचन र गीत प्रस्तुति भएको थियो । सम्मेलनमा प्रथम, द्धितीय र तृतीय भएका साहित्यकारहरुलाई पृरस्कृत गरेको उक्त कार्यक्रमको सुरु हुनअघि बोडे खपला, टोलबाट सांस्कृतिक र्‍याली भई नगदेश बालकुमारी थिमी परिक्रमा गरी ताहाननीमा समापन भएको थियो ।
भनपा प्रमुख सुनिल प्रजापति र संगीत प्रशिक्षक पञ्चकृष्ण दलीले उद्घाटन गरेको उक्त कार्यक्रमको सांस्कृतिक कार्यक्रममा नित्यनाथ भजन पासा पुचः, विभिन्न विद्यालयलगायतका संघसंस्थाहरुले गीत, व्यंग्यात्मक गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *