विमाले के गर्छ त ?

समाचार स्वास्थ्य

भक्तपुर, १५ मंसिर

मुना मुसिख्वाल


विमा भविष्यको आधार हो । विमाले भविष्यमा आइपर्ने जोखिम न्यनिकरणमा मदत पुर्याउने कार्य गर्दछ ।यसलाई बोझको रुपमा नभई जोखिम न्यूनिकरणको औजारको रुपमा लिनु पर्छ ।हाल नेपालमा १९ वटा जीवन विमा ,२० वटा र्निजीवन र १ पुर्नविमा गरी जम्मा ४० वटा विमा कम्पनिहरु रहेका छन् । विमा व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विमा समितिले समय समयमा निती नियम निर्माण गरी कार्यान्वयनमा मदत पुर्याउने कार्य गर्दछ ।

विमा सबैले बुझेर गर्नै पर्नै कुरा हो । नेपालको आकाडा हेर्ने हो भने कुल जनसङ्ख्याको करिब २० प्रतिशत जनता विमाको पहुचमा पुगेको देखिन्छ । आज विमाको बारेमा विद्यालयदेखि नै जानकारी गराउनुपर्ने देखिन्छ । आज धेरैको मनमा विमा गरेर के हुन्छ त भन्ने छ । वास्तबमा विमा मानिसको जीवनमा आइपर्नुुुे विभिन्न अनिश्चित जोखिम न्यनिकरण गरी विमित र विमितको आश्रितलाई आर्थिक सहारा दिने कार्य गर्दछ । आज पनि धेरै मानिसहरुमा विमामा खासै चासो राखेको पाइदैन । विमा फाइदाहरु निम्नासुर छन्
 आर्थिक सुरक्षा प्रदान गर्छ
 अनिश्चित जोखिम न्यूनिकरणमा मदत
 आवश्यक परेको खण्डमा ऋण सुविधा प्राप्त गर्न सकिन्छ
 परिवारलाई आर्थिक रुपले सबल बनाउन मदत पुर्याउछ ।
विमा अवधि समाप्ति पश्चात्त विमित जीवित रहेको विमित स्वयमलाइ नै विमाङ्क रकम एवम् वोनस प्रदान गर्छ र विमितको मृत्यु भएमा विमितको परिवारलाइ विमाङ्क रकम प्रदान गरी परिवारलाई आर्थिक सहायता प्रदान गर्दछ । त्यसैले विमा गर्नु पर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *