पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २२ माघ

पछिल्लो २४ घण्टामा १ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ९ लाख ६५ हजार २२२ जना पुगेको छ। कुल संक्रमितमध्ये ५२ हजार ७८० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ७७१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६३९ पुगेको छ। उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ। हाल १३१ जना क्वारेन्टाइनमा छन्। २५१ जना आइसीयू र ४९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *