महिन्द्राको ‘एक्सयूभी–३००’ चितवनको बजारमा

अर्थ/वाणिज्य समाचार

चितवन, १९ पुस


नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि इन्कर्पोटले महिन्द्राको स्पोर्टस् युटिलिटी भेइकल ‘एक्सयूभी–३००’ गाडीको चितवनको भरतपुरबाट बिक्रीवितरण शुरू गरेको छ ।
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कम्पनीका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले शुक्रबार संयुक्त रुपमा ‘एक्सयूभी–३००’ गाडी सार्वजनिक गरेका हुन् ।
सो क्रममा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यस मोडलको गाडी नयाँ पुस्ताका लागि अत्यन्त फरक र स्टाइलिस रहेको बताए । ‘यसमा उच्च प्रविधियुक्त विशेषता छन र ग्राहकबीच तत्कालै लोकप्रिय हुनेछ ।’ उनले भने ।
सेन्ट्रल अटो जोन प्रालि चितवनका प्रबन्ध निर्देशक राजेन्द्रकुमार बाटाजुले महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयुभी–३०० नेपाली बजारमा निकै प्रतीक्षा गरिएको मोडलको गाडी रहेको बताए । ‘महिन्द्राको नयाँ एक्सयूभी ३०० को डिजाइन निकै आक्रामक र आरामदायी पनि छ । ’उनले भने ।
गाडी अत्यन्तै आकर्षक र आरामदायी रहेको भन्दै बाटाजुले शहरी क्षेत्रमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा रहेको यस गाडीमा उच्च गतिको बिशेषता रहेको समेत बताए ।
यस मोडलको गाडीमा आकर्षक सनरुफको साथै एलईडी डे–टाइम रनिङ लाइट, पशु स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता रहेको छ ।सातवटा एयरब्याग, चारै चक्कामा डिस्क ब्रेक, १७ इन्च अलोयह्विल, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषता सहितको सुविधा रहेको कम्पनीको दाबी छ । उक्त गाडी ४ वटा भेरियण्ट सहित ६ वटा कलरमा उपलब्ध छन । भेरियण्ट अनुसार गाडी मूल्य ३९ लाख ७५ हजार देखि ५७ लाख २५ हजारसम्मको रहेको शोरुमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *