मुस्ताङको चराङबासीमा सवाकरोडको लागतमा सिंचाई सुविधा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

मुस्ताङ, ५ भदौ


मुस्ताङका चराङबासीमा १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउपालिका १ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो । यस आयोजना सम्मपन्न भएपछि सिंचाई अभावमा कृषि उत्पादनबाट बञ्चित हुदै आएका कृषकहरु हर्षित भएका छन् । हिमाली क्षेत्रमा हुने कम बर्षा र सिंचाइ अभाबले अर्गानिक कृषि उत्पादनबाट बञ्चित हुदै आएका नागरिकहरु सिंचाइको सुविधा पुगेसंगै हर्षित भएका हुन् ।
प्रदेश सरकारको ७९ लाख र लो घेकर दामोदर कुण्ड गाउपालिकाको ३५ लाख गरी कुल १ करोड १४ लाखको लागतमा चराङ खोलादेखी साढे १ किलोमिटरको नहर निर्माण गरि सिंचाइको ब्यवस्था गरिएको हो ।
जिल्लाको विकट स्थानमा सिंचाइको सुविधा पुुगेपछि चराङवासीमा खुसीयाली छाएको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा बिष्टले बताए । ‘आयोजनाको सञ्चालनसंगै सिंचाइ संगै चराङ लघु जलविद्युत आयोजना सञ्चालन गर्न समेत सहज हुने छ’ उनले भने ।
सिंचाइ सुविधा पुगेपछि चराङमा अव उवा,फापर, तोरी, आलु, केराउ लगायत विभिन्न कृषि उत्पादनका साथै स्याउ उत्पादनमा समेत सहयोग पुग्ने बिष्टले बताए ।‘मेकी युरा सिंचाइ आयोजना सम्पन्न भइसंगै चराङबासीमा कृषी उत्पादन प्रति नयाँ उस्साह पलाएको छ’ उनले भने।
चराङमा सिंचाइ नहुदा गाउलेहरुले वर्षमा एक खेतीमात्र गर्दै आइहेको वताउदै विष्टले अव भने गाउँमा सिंचाइ सुविधा पुगेपछि विभिन्न खेतीपातीसंगै स्याउ उत्पादनमा बृद्धी गर्न आग्रह गरे । चराङमा विमानस्थल निर्माणको समेत संभाब्यता अध्ययन हुने वताउदै अव उपल्लो मुस्ताङको समेत बिकास निर्माणको माध्यामबाट बिकटलाई पनि निकट बनाउन तर्फ आफु लागी परेको उनले वताए ।
गण्डकी प्रदेश सभा सदस्य चन्द्र मोहनले मुस्ताङको उत्तरी क्षेत्रहरु सडक सञ्जालले छोइसकेको बताउदै आगामी दिनमा बिकाससंगै कृषी उत्पादनमा समेत ध्यान दिन आग्रह गरे । ‘यहाँ आउने पाहुनालाई उपल्लो मुस्ताङमै उत्पादित खाद्यान्नले धान्ने गरी कृषी उत्पादन गर्न आवस्यक छ’उनले भने ।
१ सय ६ घरधुरी संख्या रहेको चराङ गाउँमा सिंचाइको सुविधा पुगेपछि स्थानीयहरुमा खुशीयाली छाएको ‘लो घेकर गाउपालिका’ अध्यक्ष लोप्साङ छोम्पेल विष्टले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *