बन्दा खेतीमै डोजर

अर्थ/वाणिज्य समाचार

संगिता ढकाल
भक्तपुर, १७ साउन


आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि चाँगुनारायण नगरपालिका ९ ताथलीमा स्थानीयले शुक्रबार बन्दागोबी र मूला खेतमै डोजर लगाएका छन् । बजारमा प्रति के.जी. तीस रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दागोबी र १५ रुपैयाँ पर्ने मूला व्यापारीहरु प्रति के.जी. दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नु परेको स्थानीयको भनाई छ । लगानी र मेहनत नै नउठ्ने भएपछि आफ्नो खेतबारीमा लगाएको बन्दा र मूला खेती नष्ट गरेको स्थानीयले बताए । आफूखुशी पैसा दिएर तरकारी लैजानु भन्दा पनि व्यापारीले तरकारी उठाएनन् । त्यसैले वाध्य भएर डोजर लगाउनु पर्यो । पछिल्लो समयमा भारतबाट अत्याधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *