आाकाशे पानी संकलन गर्न पोखरी निमार्ण

समाचार
संगिता ढकाल
भक्तपुर, १७ साउन
चाँगुनारायण नगरपालिका ताथली ९ मा आकासेपानी संकलन गर्न पोखरी निमार्ण गरिएको छ । सुख्खा मौसममा खानेपानीका मुहान सुकेर समस्या भोक्दै आएका स्थानीयले पोखरी निमार्ण गरेका हुन । उक्त पोखरीमा वर्षाको समयमा पानी जम्मा हुने र पोखरीभन्दा तल्लोभागका मुहान सिञ्चित हुने विश्वासका साथ पोखरी निमार्ण गरिएको स्थानियले बताएका छन । बर्सातमा पानीका मुहान धेरै भएका ठाँउ अनुकुल हुनेगरी आकासेपानी संकलन गर्न पोखरी निमार्ण गरिएको छ । उक्क्त पानी गाईवस्तुलाई दिन, तरकारीमा हाल्न तथा दैनिक घरायसी कामको लागी प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *