न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ असार

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, मावि भक्तपुर जिल्ला समितिले विभिन्न कलेजहरूमा अध्ययनरत कक्षा १२ सकाएर बसेका विद्यार्थीहरूको लागि शनिबार शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक इतिहासबारे बताउँदै उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको अवगत गराए ।
भक्तपुर नपाले कामदार जनाताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आइरहेको अवगत गराउँदै आफूले चाहेको विषयमा राम्रोसँग अध्ययन गर्न जोड दिनुपर्ने बताए।
विद्यार्थीहरूले आफ्नो विषयमा विशेषज्ञता हासिल गर्नुपर्नेमाम जोड दिँदै उनले उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यले अध्ययन गर्नुपर्ने बताए ।
![]()
अहिलेको शैक्षिक क्षेत्रमा समस्याको रूपमा रहेका विद्यार्थीहरू विदेशिने विषयमा विद्यार्थी युवा सचेत हुनुपर्ने बताउँदै उनले देशमै पढेर असल, योग्य र इमानदार नागरिक बन्नुपर्ने र भक्तपुर नगरपालिकाले नयाँ नयाँ विषयहरू अध्ययन अध्यापन गराउने प्रयासरत रहेको बताए ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला सदस्य सृजना सैँजूले विद्यार्थीहरू इमानदार र देशभक्त नागरिक बन्नुपर्ने बताउँदै पाठ्यपुस्तकभन्दा बाहिरका विषय अध्ययनले विद्यार्थीहरूको दृष्टिकोण फराकिलो हुने उल्लेख गरे।
उनले विद्यार्थीहरू राजनीतिकरूपमा सक्रिय र सङ्गिठत भए देशको सार्वभौमिकता र स्वाधीनता उँचो राख्न मद्दत पुग्ने बताए।
नेक्राविसङ्घका पूर्वअध्यक्ष नीरज लवजूले विद्यार्थीहरूले आफ्नो जीवनको लक्ष्य पूरा गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउँदै विद्यार्थी युवाहरू गतिशील र सक्रिय भएर देश र समाजको हितको निम्ति काम गर्न विद्यार्थीहरूमा व्यापक दृष्टिकोणको खाँचो रहेको बताए।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूलाई यस किसिमको शैक्षिक परामर्शले सही बाटोमा डोर्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै राजनीतिक गतिविधिमा पनि मिहिनेत भएर सक्रिय सहभागिता जनाउनुपर्ने बताP।
नेक्राविसङ्घ मावि जिल्ला समिति भक्तपुरका अध्यक्ष सनम फैजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवाल, विद्यार्थीहरू पवित्रा साहले पनि बोलेको थियो । समितिका सदस्य राज प्रजापतिले कार्यक्रमको औचित्यबारे प्रकाश पारे।
शैक्षिक परामर्श कार्यक्रमको औपचारिक कार्यक्रमपश्चात् विभिन्न विषयका स्नातक तहमा पढाइ हुने विषयहरूको विभिन्न विषयका परामर्शदाताहरूले विषयगतरूपमा शैक्षिक परामर्श दिनुभएको कार्यक्रम आयोजकले जनाएको छ ।