योमारी पुन्हीको अवसरमा सम्पदा पदयात्रा हुने

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
मंसिर २२ गते


भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिकार योमरी उत्सव र नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाले सांस्कृतिक पदयात्रा गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरुसँग मंसिर २१ गते छलफलको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले २०७९ सालमा ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरेको र यो वर्ष भक्तपुरको बहाबही चिनाउने उद्देश्यले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ उक्त पदायात्रा आयोजना गरिने बताए ।
उनले भक्तपुरमा रहेका सम्पदाहरुबारे स्थानीय जनतालाई जानकारी दिने उद्देश्यले सम्पदा पदयात्राको आयोजना गर्न लागेको बताउए ।
सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेहरुलाई पनि अवसर दिने, बहाबहीको अवस्था बुझ्ने र नगरभरि छरिएर रहेको बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिने समेत कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पारे ।
छलफलमा उपस्थित विभिन्न गुँला बाजा खलःका प्रतिनिधिहरुले भक्तपुर नपाको सकारात्मक काममा आफूहरुबाट सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको थियो ।
उक्त छलफल कार्यक्रममा क्वनेया गुँला बाजा खलः, विश्वकर्मा गुँला बाजं खलः र साःक्वलाँ गुला धलं, इन्द्रवर्ण महाविहार, शिवरात्री गुथीलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भक्तपुर नपाको आयोजनामा २०८० पुस १४ गते शनिबार हुने सांस्कृतिक सम्पदा पदयात्रा भनपा वडा नं. ५ टौमढीबाट सुरु भई भनपा ७ याता गोल्मढीमा पुगी सम्पन्न गरिने कार्यक्रम छ । उक्त पदयात्रा बिहान ११ बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *