न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ असाेज

वागीश्वरी माध्यमिक विद्यालय टेक्स कार्यक्रमअन्तर्गतको आयोजनामा डिप्लोमा तहका नव–आगन्तुक विद्यार्थीहरूको आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा वागीश्वरी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले देशकै नमुना विद्यालयको रूपमा ख्यातिप्राप्त वागीश्वरीका विद्यार्थीहरू इमानदार र मेहनती रहेको बताए। प्राविधिक शिक्षा नै देश विकासको एकमात्र माध्यम भएको उनले बताए।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले नेपालकै पहिलो इन्जिनियर भक्तपुरको रहेको र भक्तपुरबाट उत्पादित प्राविधिकहरू इमानदार रहेको बताए।
टेक्स कार्यक्रका संयोजक दिनेश प्रधान, परीक्षा प्रमुख सुनिल खाइतु र प्रवीण तजलेले पनि टेक्स कार्यक्रमको परीक्षा र अध्ययनबारे बोलेको थियो ।