वागीश्वरी कलेजमा ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ४ असोज


वागीश्वरी कलेजको आयोजनामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा कलेजमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको लागि ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्माले ई–लाइब्रेरीको परिचय, आवश्यकता र महत्वमाथि प्रकाश पार्दै २१ औं शताब्दीलाई पेपरलेस गर्दै अगाडि बढ्ने कल्पनालाई पूरा गर्न शिक्षक तथा विद्यार्थीहरुले ई–लाइब्रेरी रिसोर्सेसबारे जानकारी राख्नु आवश्यक भएको बताए ।

कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयले प्रदान गरेको ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे प्रयोगात्मक रूपमा जानकारी गराउँदै उच्च शिक्षाको अध्ययनका लागि आवश्यक विभिन्न अनुसन्धानमूलक लेख रचनाहरु उक्त डाटावेसमार्फत खोजी गर्न सकिने बताए ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले हालै थेसिस तथा प्रोजेक्ट वर्क रिपोर्टमा प्लेज्यारिज्म लागू गरिसकेको जानकारी गराउँदै विद्यार्थीहरुले आफ्नो शैक्षिक गुणस्तर वृद्धि गर्न त्रिविको ई–लाइब्रेरी रिसोर्सेसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

वागीश्वरी कलेजले गतवर्ष देखि त्रिभुवन विश्वविद्यालयबाट उक्त सेवा प्रयोग गर्दैै आएको बताउँदै वागीश्वरी कलेज पुस्तकालय प्रमुख रत्नशोभा फैजूले शैक्षिक वर्ष २०८०/०८१ को लागि सदस्यता प्राप्त गरेका शिक्षक तथा विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रमपश्चात प्राचार्य धनकुमार श्रेष्ठले स्रोतव्यक्ति विजय शर्मालाई मायाको चिनोसहित कलेजका प्रकाशनहरु हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *