रेशम चौधरीको जन्मकैद सजाय सर्वाेच्चले पनि गर्‍यो सदर

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ जेठ

 Image Not Found

कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै उच्च अदालत, दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको सजाय सर्वाेच्च अदालतले पनि सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमलाई दिइएको उक्त सजाय सदर गरेको हो । यससँगै रेशमलाई जन्मकैद हुने भएको छ ।

उच्च अदालत, दिपायलको फैसलाअघि रेशमलाई जिल्ला अदालत, कैलालीले पनि जन्मकैदको सजाय सुनाएको थियो ।

सोही मुद्दामा सीताराम चौधरी र गंगाराम चौधरीले भने सफाइ पाएका छन् । यी दुवैजनालाई उच्च अदालत, दिपायलले जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला र उच्च अदालतको आदेशअनुसार उनीहरू जन्मकैद भुक्तानका लागि जेलमै रहेका थिए । उनीहरूलाई आजै थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ ।

थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको भिडन्तमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *