मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाई मिलिमिटर अफ मर्करीमा नापिन्छ। माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिन्छ। सिस्टोलिक र डायस्टालिक दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन्।
सामान्य रक्तचाप १२०/८० एमएम एचजी भन्दा कम हुनुपर्छ। उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप १४० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ। माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ। यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो। प्रिहाइपरटेन्सन अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ। त्यसैले यस अवस्थामा 18मा आवश्यक परिवर्तन गरेर भविषयमा उच्च रक्तचापहुनबाट आफूलाई बचाउन सकिन्छ।
सामान्य भन्दा अली बढी रक्तचाप भयो भने के गर्ने?
यदि तपाइको रक्तचाप १४०/९० को वरिपरि छ र कहिलेकाहिँ १५०/१०० सम्म पनि पुग्छ भने, औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा पनि 18मा परिवर्तन गरेर रक्तचापलाई घटाउन सकिन्छ र औषधिको आवश्यकता नपर्न पनि सक्छ। तर यदि तपाईंको रक्तचापमाथिको १४०–१५० वा तलको ९०–१०० (बोर्डरलाइन हाइपरटेन्सन) छ भने चिकित्सकसँग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय गर्नुपर्छ। 18मा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित रुपमा जाँच गर्नुपर्छ। त्यसपछि पनि रक्तचाप नियन्त्रण नभएमा औषधिको प्रयोग गर्नु पर्ने हुनसक्छ।
रक्तचाप नाप्दा ध्यान दिनुपर्ने कुराहरु
रक्तचाप नाप्ने तरिका ठीक नभएमा रक्तचापको नाप हाइ वा लो हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ। त्यसैले रक्तचाप नाप्ने बेलामा निम्नलिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ। आफ्नो रक्तचाप कति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस् र याद राख्नुहोस्। घरमा स्वयमले नापेको रक्तचापको रेकर्ड चिकित्सकलाई भेटने बेलामा देखाउनुपर्छ र अरुले नापेको रक्तचापको पनि रेकर्ड राख्ने गर्नुपर्छ।
कति दिनको फरकमा रक्तचापनाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन। अध्यान र अनुभवको आधारमा, म आफ्नो बिरामीलाई निम्नानुसार रक्तचाप नाप्न सल्लाह दिन्छु। रक्तचाप धेरै चाँडो नाप्दा अनावश्यक पीर पर्ने हुनसक्छ। धेरै दिनको फरकमा नाप्यो भने रक्तचाप नियन्त्रणमा छ कि छैन थाहा नहुनसक्छ। त्यसैले एउटा निश्चित समयमा रक्तचापनाप्नु जरुरी हुन्छ। चाँडै आत्तिने अवस्थाका भएका व्यक्तिहरुले धेरै चाँडो रक्तचापनाप्दा झन आतिने र अर्थको चिन्ता हुनसक्छ।
गर्भावस्थामा उच्च रक्तचाप
गर्भावस्थामा रक्तचापमा परिवर्तन हुनलाई सामान्य मान्निन्छ। देस्रो र तेस्रो ३ महिना मा रक्तचापतल माथि हुनु स्वाविक हो। गर्भावस्थाको कारणले पनि उच्चा रक्तचाप हुन सक्छ। यसलाई प्रग्नेन्सी इन्डुेसेड हाइपर टेन्सन भनिन्छ।गर्भावस्थामा रक्तचाप १४०/९० भन्दा बढी भयो भने औषधिको प्रयोग गर्नु जरुरी हुन्छ।
गर्भावस्थामा आमा र शिशु दुवैलाई असर नगर्ने औषधि मात्रै प्रयोग गर्नुपर्छ। गर्भावस्थामा उच्च रक्तचाप नियमित रुपले जाँच्ने गर्नुपर्छ। कसै–कसैलाई गर्भावस्था पछि पनि रक्तचाप बढी भइराखेको हुनसक्छ, यसको लागि औषधिको प्रयोग गर्नुपर्ने हुन्छ।
बालकालिकामा उच्च रक्तचाप
बालबालिका वा २० वर्ष मुनिका युवा युवतीहरुमा उच्च रक्तचाप देखिनुको अन्य केही कारण हुनुपर्छ। त्यसैले यस्तो अवस्थामा रक्तचापको राम्रो नियन्त्रण गर्नुको सााथै त्यसको कारण पत्ता लगाउन आवश्यक जाँचहरु पनि गर्नुपर्ने हुन्छ।
यस्तो अवस्थालाई सेकेन्डरी हाइपरटेन्सन भनिन्छ। कुन कारणबाट रक्तचाप बढ्न गएको हो, त्यो कारण समयमै पत्ता लगाएर उपचार गरिएमा रक्तचाप सधैँको लागि नियन्त्रित हुनसक्छ र औषधिको प्रयोग पछि गएर बन्द गर्न सकिनेछ। यस्तो अवस्थामा मुटुरोग विशेषज्ञले छातीको एक्सरे, इसिजी, इकोकार्डियोग्राफी ,मृगौलाको डप्लर अल्टा-साउण्ड र हार्मोन आदि जाँच गर्न सल्लाह दिन्छ।
उच्च रक्तचापका कारणहरु
अस्वस्थ जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो। अवस्था आहार (नुनिलो खानेकुरा (मोटोपना र शारीरिक गतिबिधिको कमीले उच्च रक्तचापकाे सिर्जना गर्नसक्छ। 18मा हुने अस्वस्थ परिवर्तनले गर्दा नै युवकहरुमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ। धुम्रपानको सेवनले रक्तचापलाई बढाउँछ। यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्क्रिय गर्छ। जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन।
उच्च रक्तचापका लक्षणहरु
सामान्यता उच्च रक्तचापको केहि लक्षण हुँदैन। उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ तर यो कुरालाई अध्ययनले पुष्टि गर्दैन। रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्न सक्छ। रक्तचाप अलि–अलि मात्र बढेमा टाउको दुख्दैन। तर, उच्च रक्तचापले टाउकोको पछाडितिर र कहिलेकाहिँ पूरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ।
कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन्। कहिलेकाहिँ उच्च रक्तचापको कारणले अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षणहरु देखापर्न सक्छ। केही बिरामीलाई मष्तिकघात, हृदयघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्र उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ।
उच्च रक्तचापले मुटुमा मात्र असर गर्छ भन्ने भ्रम पनि धेरैमा रहेको भेटिन्छ। उच्च रक्तचापले शरीरका अन्य अंगमा पनि असर गर्छ। उच्च रक्तचापले हृदयाघात र मुटुका रोगसँगै, मष्तिकघात, मिर्गौला फेल हुने, आँखा, यौन क्षमतामा असर गर्ने लगायतका थुप्रै असर र समस्या देखिन्छ।
३० वर्षकै उमेरमा उच्च रक्तचाप!
नेपालमा औसत ३० देखि ३५ वर्षकै उमेरमा रक्तचापको समस्या देखिन थालिसकेको छ । स्वस्थ खाने, तनाव कम लिने र एक्सरसाइज गर्ने चलन सरदर २० वर्षको उमेर अर्थात् इन्टरमिडिएट अध्ययन सक्दासम्म मात्रै रहन्छ। त्यसपछि हामी दौडधुपमा लाग्छौं। उच्च शिक्षासँगै जागिर खोज्नमा भौंतारिन्छौं, आर्थिक अवस्था सुधार गर्न तिर लाग्छौं। यसबाट धपेडी र तनाव सुरु हुन्छ। अस्वस्थ खानपान र जीवनशैली बढ्छ। यही १० वर्षभित्र अर्थात् ३० वर्षकै उमेरमा उच्च रक्तचाप हुन्छ। अन्य समस्या आउँछ । तर, आम बुझाइ के छ भने, ४० वर्षसम्म मुटुरोग लाग्दैन। यो गलत बुझाइ हो।
सहरी क्षेत्रमा बस्ने नेपाली युवामा उच्च रक्तचापको समस्या हुने सम्भावना उच्च नै छ। सहरिया युवा ढिलोचाँडो यसको शिकार हुने उसको खानपान र जीवनशैलीले देखाउँछ। कामको सेड्युल ब्यस्त, एक्सरसाइज गर्न पाइरहेका छैनौं, विषादियुक्त खाना खान्नँ भनेर पनि साध्य लाग्ने अवस्था छैन। सास फेर्ने वायुमण्डलमा प्रदूषण छ र तनाव चाहेर पनि घटाउन सकिने स्थिति छैन। मदिरा सेवन र धूमपान तथा सूर्तीजन्य पदार्थको सेवनले थप जोखिम थपिरहेको अवस्था छ। यी तमात कारणले युवा अवस्थामै उच्च रक्तचापको सिकार बन्नुपर्ने वाध्यता झेल्नुपरेको छ ।
के गर्ने त?
खानपान र जीवनशैली सुधार्नु नै राम्रो हो। एक्सरसाइज गर्ने, खानामा सन्तुलन मिलाउने र तनाव घटाउने गर्नुपर्छ। तर, यो अधिकांसका लागि सम्भव छैन। त्यसैले रक्तचाप नियन्त्रणमा राख्न सकिरहेका छैनन्। रक्तचाप भयो भने सँगसँगै मुटु, मिर्गौला, मस्तिष्क र सुगरको समस्या पनि आइहाल्छ।
त्यसैले जसरी भए पनि रक्तचाप नियन्त्रणमा राख्नुपर्छ। मदिरा र धूमपान सेवन नगर्ने। जीवनशैली र खानपान स्वस्थ राख्ने। समस्या देखिसकेपछि जीवनशैली सुधार गर्दा पनि सुधार आउन सकेन भने यसको उत्तम विकल्प औषधि सेवन नै हुन सक्छ। तर, रक्तचापको औषधि भनेपछि भाग्ने चलन छ। यसको ‘साइड इफेक्ट’ हुने भूतले धेरैलाई सताएको हुन्छ। जसले गर्दा रक्तचाप नियन्त्रणमा राख्न सक्दैनन् र असामयिक रुपमा ज्यान गुमाउन पुग्छन्। धेरैको बुझाइ छ, औषधि खान थालेपछि त जीवनभरि खानुपर्छ, सकेसम्म खानु हुँदैन। तर एउटा औषधि खाएर जीवनभरि रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ भने किन नखाने भन्ने बुझ्न सकेको पाइँदैन।
उच्च रक्तचाप भइसकेपछि नियमित औषधि खानु भनेको ज्यान जोगाउनु हो। यसलाई भारका रुपमा नलिएर बाँच्नका लागि खाइने खानापानी जस्तै ठान्नुपर्छ। खाना खान पनि त झन्झट छ। खाने काम गर्दा पनि त समय बरबाद हुन्छ। यसको पनि साइड इफेक्ट छ। खाएपछि दिसा जानुपर्ने अवस्था साइड इफेक्ट होइन र? तर, खानैपर्ने भएकाले सबै कुरालाई स्वभाविक रुपमा लिएका छौं। त्यसैगरी, उच्च रक्तचापको औषधिलाई पनि स्वभाविक रुपमा लिन सक्नुपर्छ।
उच्च रक्तचापको कुरा गर्ने हो भने सयमा १ प्रतिशत हुने हो। औषधि नखाएर मुटुरोग, मस्तिष्कघात र मिर्गौलाको समस्या बेहोर्नु भन्दा यति साइड इफेक्ट सहनु बुद्धिमानी होइन र?
साइड इफेक्ट त ज्यान रह्यो भने हटाउन सकिन्छ। उच्च रक्तचाप भइसकेकाहरुले यो वा त्यो बहानामा औषधि नखाएर वा छाडेर मृत्यु निम्त्याइरहेका छन्। जहाँसम्म नियन्त्रणको वैकल्पिक उपाय छ, त्यो औषधि सँगसँगै अपनाउन सकिन्छ।
बिरामीले नियमित एक्सरसाइज गरेर, स्वस्थ खानपानको सन्तुलन मिलाएर रक्तचाप नियन्त्रणमा ल्याए भने डाक्टरले नै औषधि हटाइदिन्छन्। तर, कृपया औषधि नखाने बहाना खोजेर ज्यान जोखिममा नपार्नुहोला।