शिवरात्रिमा पशुपतिमा २० लाख भक्तजन आउने अनुमान

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ फागुन

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शिवरात्रिको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै कोषले शिवरात्रिमा करिब २० लाख धार्मिक पर्यटक आउने अनुमान गरेको हो । ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरेर गर्ने कोषले जनाएको छ ।

यस्तै पशुपति क्षेत्रमा कोषको बाहेक कुनैपनि लोगो, पर्चा, ब्यानर लैजान नपाउने भएको छ । कोषले स्वंयसेवक, सहयोग विभिन्न नाममा प्रचार गने गरेको भन्दै यो वर्षबाट त्यस्तो नहुने कोषले जनाएको छ ।

शिवरात्रिमा पशुपतिनाथमा राष्ट्रपति आफैं आउने कार्यक्रम रहेको भन्दै सुरक्षा व्यवस्था चुस्त रहेको कोषले दाबी गरेको छ ।

शिवरात्रिका लागि ८० लाख खर्च छुट्याएको भन्दै फागुन मसान्तसम्म खर्च विवरण सार्वजनिक गर्ने कोषले जनाएको छ । शिवरात्रिका लागि ८० लाख खर्च आन्तरिक कोषबाट हुने कोषले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *