सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ११ माघsharethis sharing button

सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने भएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले बुधबार एक सूचना जारी गर्दे सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने जनाएको छ।

निर्देशक सुनिलराज शर्माद्वारी जारी सूचनामा सुर्तीजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसल लगायत अन्य पसलहरुको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेट सहितको मुल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै उक्त कार्य रोक्न भनिएको छ।

‘उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरीत भएकोले त्यस्ता विज्ञापन हुनेगरी टाँस गरिएका चुरोट, बिँडी, गुट्खा आदिका मूल्यसूचि उल्लेखित पोस्टर वा वालचार्ट टाँस हटाउने व्यवस्था गर्न र सोको अनुगमन गर्न हुन अनुरोध गरिन्छ।’ सूचनामा भनिएको छ।

यदि  विज्ञापन टाँस गरेको पाईएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई सजाय र जरिवाना गरिने केन्द्रले जनाएको छ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *