भक्तपुर बचतमा तालिम लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

दयालक्ष्मी धन्छा
भक्तपुर, २२ चैत


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको विभिन्न तालिमहरुको प्रमाण पत्र वितरण कार्यक्रम सोमबार ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि ज्याख्वले हामीमा राजनैतिक चेतनास्तरको कमीका कारण आफ्नो अधिकारको सही सदुपयोग नगर्नाले सधैं गलत ब्यक्तिले चुनाव जित्दै आइरहेको बताए ।


समाजमा सकारात्मक सोच र सन्देश जाने खालका समाचारहरु लेख्नुपर्ने उनको तर्क छ । बजारमा हानिकारक रासायनिक पदार्थको प्रयोग भएका सामानहरुको विगविगी भएकोले त्यसबाट सचेत रहनु पर्ने र तालिमको सही सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाका पदाधिकारीहरुले इमान्दारिता र पारदर्शिताकासाथ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताए । सदस्यहरुले संस्थालाई देखाएको विश्वासका कारण संस्थाले जीवनपयोगी तालिमहरु संचालन गर्न सकेको उनको धारणा छ ।


१० दिने सेल्फ मेकअप तालिममा २६ जना, पाँच दिने मिठाई तालिममा २९ जना र एक हप्ते समाचार लेखन तथा सम्पादन तालिममा २६ जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् । प्रशिक्षकहरु रत्ना अवालले सेल्फ मेकअप तालिम, विकास उप्रेतीले मिठाई तालिम र कृष्ण किसीले समाचार लेखन तथा सम्पादन तालिम दिएका हुन् ।


संस्थाका संचालक सदस्य तथा महिला उपसमितिका संयोजक रामेश्वरी कोजुले संचालन गरेको उक्त कार्यक्रममा संचालक सदस्य तथा ब्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक तारादेवी धन्छा, प्रशिक्षक कृष्ण किसी, प्रशिक्षार्थीहरु मीना प्रजापति, अस्मिता लवजु र सरिना गोसाईले बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *