थप ३३ जनामा कोरोना संक्रमण, ८४२ जना सक्रिय संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
भक्तपुर, २१ चैत

पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्‍यु भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ८०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *