थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २३ चैत

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्‍यु भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *