आजदेखि स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ५ फागुन

आजदेखि स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो।

वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने छ।

दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने छ। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तोकेको छ।

आयोगले निर्वाचनको तयारी अगाडि बढाइरहँदा यसविरूद्ध परेको रिट दर्ता गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको छ। उक्त रिट यसअघि दरपिठ भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *