जे एण्ड जे खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ५ फागुन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने स्पष्ट पारेको छ।

विभिन्न जिल्लाहरुबाट जे एण्ड जे खोप लगाएकाहरुलाई के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै उनीहरुलाई पनि बुस्टर डोजको मात्रा लगाउन मिल्ने स्पष्ट पारेको हो।

जे एण्ड जे खोप लगाएका व्यक्तिहरुलाई पनि ६ महिनापछि उपलब्ध भएमा सोही खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने सूचनामा उल्लेख छ।

कोभिड १९ विरुद्धको अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पुरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोजको मात्रा लगाउन मिल्ने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *