तलव नपाएको भन्दै फतुवा बिजयपुर नगरपालिकामा तालबन्दी

समाचार

रौतहट, २४ पौष

रौतहटको फतुवा बिजयपुर नगरपालिकका कर्मचारीले तलव नपाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन् । नगरका शिक्षा, स्वास्थ्य, कृषि, पश्का लगायतका कर्मचारीले तलब नपाएको भन्दै नगरपालिकाको मुलगेटमा नै तालबन्दी गरेका हुन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर कर्मचारी नै आन्दोलनमा उत्रिएपछि सेवाग्राही समस्यामा परेका हुन् । गत साउनदेखि तलब पाउन नसकेको भन्दै उनीहरुले नाराजुलुस सहित वुधबार नगरपालिकामा पुगेर तालबन्दी गरेका हुन् । शिक्षक रंन्जन खरेलका अनुसार चाडपर्वमा समेत नगरका शिक्षक÷शिक्षिकाले तलव नपाएको बताए । तलव निकासको माग गरेपनि सुनुवाई नै नभएको उनको भनाई छ । पटक पटक तलव निकासा गराउने झुुठो आश्वासन दिएर कर्मचारी लाई ढाँटदै आएकाले बाध्य भएर तलाबन्दी गरेको उनले बताए । शिक्षक, स्वास्थकर्मी, निजामती कर्मचारी तथा करार कर्मचारीहरुको टोलीले नगरपालिकामा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो । नगरपालिकाको गैर जिम्मेवारीको कारण नगरक्षेत्र अन्तर्गतका तीन माबी, आठ निमाबी र १९ वटा प्राविका शिक्षकका साथै अन्य कर्मचारीहरुले गत साउन देखि हालसम्म तलब पाउन नसकेको शिक्षक खरेलको भनाई छ । शिक्षक लगायतका कर्मचारीले तलब नपाएसम्म नगरपालिकामा लगाइएको ताला नखोल्ने बताएका छन् । तर नगर प्रमुख गोपाल प्रसाद यादवले उनीहरुको माग सम्बोधन गरिने बताएका छन् । सो नगरपालिकाले विवादका बिच ६ महिना ढिलो गरी नगरपरिषद गरेको हो । नगर प्रमुख यादवले तेस्रो नगर परिषदमा ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैयाँ बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर नगरपालिकाका उपप्रमुखले परिषद भने बहिष्कार गरेका छन् । स्थानीय तहले असार मसान्तभित्र परिषद् गरी प्रदेश र संघीय सरकारलाई जानकारी गराउने प्रावधान रहे पनि यादव र उपप्रमुख कान्तिदेवी महतोबीचको विवादले परिषद ढिलाइ भएको हो । दुवैबीच बजेटको भागबन्डामा सहमति हुन नसकेपछि उपप्रमुखले एकलौटी ढंगले परिषद् गरेको भन्दै मान्य नहुने बताँउछिन् । बिना जानकारी गराइएको परिषद् मान्य नहुने र यसका लागि कानुनी उपाय खोज्ने उनको भनाई छ । आफ्नै पार्टीका जनप्रतिनिधिलाई प्रलोभनमा पारेर बहुमत भन्दै हस्ताक्षर गराई विमतिबीच परिषद् गरिएको उनले आरोप लगाएकि छिन् । तर नगर प्रमुख यादवले बहुमत जनप्रतिनिधिकै आधारमा परिषद सम्पन्न भएको दाबी गरेका छन् । नगर प्रमुख यादव र उप प्रमुख महतोले एकले अर्कालाई अनियमितता गरेको आरोप समेत लगाउँदै आएका छन् । नगर प्रमुख र उप प्रमुख बिचको विवादका कारण नै समयमा परिषद् नभएकाले साउनदेखि नगरपालिका भित्रका शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीले तलब नपाएका ह्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *