बाँके च्याप्टर तदर्थ समितिमा सिग्देल

नेपालगञ्ज,८ भदौ नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट बाँके र बर्दिया जिल्ला कार्यक्षेत्र हुने गरी बाँके च्याप्टर तदर्थ समिति गठन गरिएको छ । शनिबार बाँकेको नेपालगञ्जमा नाटा प्रदेश नं. ५ का अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकले बाँके च्याप्टर तदर्थ समिति गठन गरेको हो । नाटा बाँके च्याप्टरको अध्यक्षमा सन्देश टुर्स एण्ड […]

Continue Reading

प्रमुख सुनिल प्रजापतिद्वारा साकोलानस्थित ताहा फल्चा (पाटी) उद्घाटन

भक्तपुर,८ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ९ साकोलानस्थित पुनःनिर्मित ताहा फल्चा (पाटी) उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकासँग सम्पदा संरक्षणको लागि पर्याप्त बजेट नभए पनि जनसहभागिता र जनश्रमदानमार्फत भक्तपुरका सम्पदाहरु कम लागतमा उपभोक्ता समितिमार्फत् पुनःनिर्माण र जीर्णोद्धार भइरहेको बताए । भक्तपुरको ऐतिहासिक रानी पोखरी […]

Continue Reading

गाइँचा म्ये मुना सार्वजनिक

भक्तपुर, ८ भदौ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा शनिबार नेपालभाषामा प्रकाशित गाइँचा म्ये मुना पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भयो । आशाकाजी बासुकला स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार आयोजित गाइँचा म्ये मुना पुस्तक बिमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले जनताको पक्षमा काम गर्नेहरू सधैं जनताको मनमा रहने बताए । उनले साहित्य वा अरु क्षेत्रमार्फत् […]

Continue Reading

आर्युवेदिक उपचार विधि र औषधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, ८ भदौ भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा आइतबार आर्युवेदिक उपचार विधि र औषधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ र ९ मा पाक्षिक रुपमा निःशुल्क आर्युवेदिक उपचार सेवा प्रदान गर्दै आएको बताउँदै आर्युवेदिक उपचार विधिबारे सबै […]

Continue Reading

आज श्रीकृष्णजन्माष्टमी मनाइदै

भक्तपुर, ६ भदौ श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदै छ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने […]

Continue Reading

मुस्ताङको चराङबासीमा सवाकरोडको लागतमा सिंचाई सुविधा

मुस्ताङ, ५ भदौ मुस्ताङका चराङबासीमा १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउपालिका १ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो । यस आयोजना सम्मपन्न भएपछि सिंचाई अभावमा कृषि उत्पादनबाट बञ्चित हुदै आएका कृषकहरु हर्षित भएका छन् । हिमाली क्षेत्रमा हुने कम बर्षा र […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पतालको छानबिन समिति गठन

भक्तपुर,५ भदौ भक्तपुर नगरपालिका वडा नं.१ मा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थित एवं जनउत्तरदायी रुपमा सञ्चालन गर्न एवं कम शुल्कमा बिरामीहरूको गुणस्तरीय उपचार सेवा गर्न टेवा पूर्याउने उद्देश्यले नवगठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति बैठक आइतबार बस्यो । भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएको र जनस्तरबाट समेत आवाज उठिरहेको […]

Continue Reading

‘टुहुरो’ जस्तै भयाे रानीमहल

काठमाडांं, ४ भदौ   कालागण्डकी नदीको किनारमा जङ्गलका बीचमा अवस्थित करिब १२० वर्ष पुरानो भव्य दरबारको कथा सामान्य ज्ञानका पुस्तकमा दशकौँदेखि वर्णित भए पनि यो सम्पदा आफैँमा भने सधैँजसो ओझेलमा रह्यो । इतिहासकारहरूका अनुसार दरबार बनाएको करिब छसात वर्षमै यसका आधिकारिक धनी खड्गशमशेर भारत निर्वासित भएपछि दरबारको महिमा किताबभन्दा बाहिर निस्कन सकेन । हरेक वर्ष […]

Continue Reading

गौरा पर्व शुरु

धनगढी, ४ भदौ सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आआफ्नो घरमा धार्मिक अनुष्ठानका साथ पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ को व्यवस्थापन गरेका छन् । महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा मास, गहत, कलौ, चनालगायतका […]

Continue Reading

भक्तपुर नगरपालिका अवलोकनमा टोखा नगरपालिकाका जनप्रतिनिधिहरू

भक्तपुर, ३ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार टोखा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको सभाकक्षमा भेट गरे । टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको फोहरमैला व्यवस्थापन र विकास निर्माणका कार्यहरुबारे जानकारी गराए । भक्तपुर नगरलाई सरसफाइको उत्कृष्ट नगर बनाउन नगरको १० वटै वडामा ट्राइसाइकलमार्फत् कुहिने र […]

Continue Reading