अनियमितता भएको भन्दै महाराजगञ्ज नर्सिङ क्याम्पसरविरूद्ध अख्तियारमा उजुरी  

अर्थ/वाणिज्य विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो।

क्याम्पस प्रमुख रानाले स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरी आफूलाई लाभ र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने गरेको आरोप उजुरीमा लगाइएको छ। क्याम्पस प्रमुख रानाले हिमालयन बैंकमा रहेको क्याम्पसको प्रकाशन समितिको खाता नम्बर ००२०५६९३६७००१३ बाट सोही बैंकको आफ्नो व्यक्तिगत खातामा ११ लाख ७४ हजार ट्रान्सफर गरी व्यक्तीगत रुपमा गैरकानुनी लाभ लिएको र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने कार्य गरेको उजुरीमा दाबी गरिएको छ।

उक्त कार्यको छानबिनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयमा उजुरी समेत गरेकोमा डिनको कार्यालयले समेत उदासिनता देखाएको हुँदा उक्त भ्रष्टाचार गर्ने कार्यमा संलग्न पदाधिकारी एवं छानबिनमा उदासिनता देखाइ भ्रष्टाचारजन्य कार्यको संरक्षण गर्ने मतियारहरुलाई कार्बाही गर्न माग गरिएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले नेपाल लाइभलाई जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *