विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार शिक्षा समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

भक्तपुर, ८ बैशाख

विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर नगरस्तरीय शिक्षक भेला आइतबार भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेपालको शैक्षिक पाठ्यक्रम उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक भएको उल्लेख गर्दै भने, “बेलायतको पाठ्यक्रम भारत हुँदै नेपालमा नक्कल गरिएको उपयुक्त होइनस विद्यालय र विश्वविद्यालयका पुस्तक लेखकहरूले विदेशबाट सिकेर नेपालको परिवेशमा लेख्नु आवश्यक छ । राम्रो जागीर पाउने, धेरै पैसा कमाउने विषत्न्दा पनि शिक्षा प्राप्त गरी देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने पाठ्यक्रम र पाठ्यपुस्तक उपयुक्त हुनेछ ।”
सांसद सुवालले भने, “नेपाल मजदुर किसान पार्टीले उत्पादन श्रमसँग जोडिएको विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने र देशभित्र रोजगारी दिनुपर्ने विषय उठाएको छ । विगतमा सांसदहरूलाई भन्सार छुटमा गाडी दिने र निवृत्तिभरण व्यवस्थाको विरोध नेपाल मजदुर किसान पार्टी गरेको थियो । सरकारको मन्त्री र राजनीतिक नियुक्ति भागबन्डामा नगएको पार्टी नेमकिपा हो ।”
उनले भने, “काठमाडौँ केन्द्रित आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासङ्घमा आबद्ध १५ ओटा शिक्षक सङ्गठन सरकारमा गएका पार्टीको भ्रातृ सङ्गठनजस्तै भएको हुँदा नेमकिपाको सिद्धान्तसँग सहमत नेपाल क्रान्तिकारी शिक्षक सङ्घका समर्थकहरू यो सडक आन्दोलनमा सहभागी हुनु उपयुक्त हुनेछैन । नेमकिपाले सरकारमा गएका दलहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेकोमा आलोचना गरेको छ । नेपाल शिक्षक महासङ्घमा आबद्ध शिक्षक सङ्गठनहरूले चन्दा उठाएर आ–आफ्नो पार्टीलाई बुझाउने गुनासो पुरानो हो । नेका, एमाले, माओवादीलगायत पार्टीको सिद्धान्तसँग असहमत शिक्षकहरूले नेमकिपाको समर्थन गरेकै आधारमा पक्षपात गर्नु प्रजातन्त्र विपरीत हो ।”
सांसद सुवालले भने, “अधिकांश जिल्लामा ठुलठुला विद्यालय भवन छन् । तर, अभिभावकहरू प्रदेश र सङ्घीय राजधानीमा आएको हुँदा विद्यार्थी पनि त्यतै पढ्न पुगेका छन् । जिल्ला जिल्लामा विद्यार्थी घट्दै गएपछि शिक्षकहरूको पनि सहरतिरै सरुवा बढ्दो छ । यसले देशको सन्तुलित विकास हुनेछैन । शिक्षकहरू देशको सन्तुलित विकासको पक्षमा उभिनु जरुरी हुन्छ ।”
“यस वर्ष निजी विद्यालयमा विद्यार्थी भर्ना ३५ प्रतिशत पुगेको सार्वजनिक भयो । एसईईको उत्तरपुरिस्तका परीक्षण रोकिएको छ । यही वैशाख ११ गते सुरु हुने कक्षा १२ को परीक्षा हुने हो होइन ठेगान छैन । भक्तपुरले देशभरिका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षासहित अन्य विषयमा उच्च शिक्षाको अध्ययन गर्ने ढोका खुलेको छ । विद्यालय शिक्षा पनि भक्तपुरबाटै नमुना हुने गरी अभियान सुरु गर्नु जरुरी छ । शिक्षकहरू विषयवस्तुमा परिपक्व हुनुका साथै आधुनिक प्रविधिमैत्री र गीत, सङ्गीत र नृत्यमा समेत जानकार हुनु आवश्यक छ”, उनले भने ।
सचिव सुवालले भने, “विश्वका राजनीतिक नेताहरू माक्र्स, एङ्गेल्स र लेनिन, स्तालिन, माओ त्सेतुङ पनि शिक्षक नै हुन् । विद्यालय र विश्वविद्यालयका शिक्षकहरू आफ्नो ठाउँमा गुरु हुने तर माक्र्स, एङ्गेल्स विश्वका मजदुरवर्गका गुरु हुन् । प्यालेस्टिन र युक्रेनमा भइरहेको साम्राज्यवादीहरूको अत्याचारलाई कथा बनाएर भए पनि शिक्षकहरूले विद्यार्थी र अभिभावकहरूलाई बताउनु उपयुक्त हुनेछ । विद्यालय र विश्वविद्यालयका शिक्षकहरू परिवर्तनको लागि नयाँ पुस्ता तयार गर्ने बारुदखानाका वैज्ञानिकजस्तै हुनु आवश्यक छ । नेमकिपा र शासक दलहरूबिच सैद्धान्तिक भिन्नताबारे विद्यार्थीहरूलाई स्पष्टसँग बताउनु जरुरी छ ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षक महासङ्घको आयोजनामा काठमाडौँकेन्द्रित आन्दोलनप्रति नेक्राशिसङ्घले केही विषयमा विमति जनाउँदै आएको चर्चा गर्दै विद्यालय शिक्षा ऐन मागेर स्थानीय पालिकाअन्तर्गत शिक्षकहरू नबस्ने भन्नु संविधानको भावनाविपरीत रहेको र जिल्ला शिक्षा कार्यालय ब्युँताउन चाहनु सङ्घीय भावनाविपरीत रहेको प्रस्ट पारे । अब बन्ने विद्यालय शिक्षा ऐनमा कम्पनी ऐनमा दर्ता भई सञ्चालित निजी विद्यालयको प्रावधान हटाउनुपर्ने भन्दै उनले भने, “शिक्षामा व्यापारीकरण आजको एउटा विकृति होस त्यसलाई हटाउन शिक्षामा कम्पनी ऐनको प्रावधान खारेज गर्नैैपर्छ ।”
शिक्षक आन्दोलन निजी विद्यालय पोस्ने हुनु हुँदैन भन्ने धारणा राख्दै उनले विगतमा निजी विद्यालयमा १६ प्रतिशत विद्यार्थी भएकोमा अब ३५ प्रतिशत पुगेको दाबी गरिँदै छस स्थिति यस्तै भइरहे ४५–५० प्रतिशत पुग्न बेर नलाग्ने बताए।
शिक्षकको पेसागत हक अधिकारको लागि विद्यार्थीको पढ्न पाउने संविधानद्वारा प्रदत्त मौलिक अधिकार हनन गर्ने छुट कसैलाई नभएको पनि उनले प्रस्ट पारे।
भेलामा शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले विगतमा महासङ्घ र सरकारबिच भएका सहमति–सम्झौताको समीक्षा गर्दै महासङ्घ र सरकारमा उनले काङ्ग्रेस, एमाले, माओवादी नै रहेकोले दुवै पक्ष आफै बोक्सी आफै धामी रहेको प्रस्ट पारे।
आयोजक समितिका जिल्ला अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त भेलामा जिल्ला उपाध्यक्ष घनश्याम खड्का र जिल्ला सदस्य राजन लाखाले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *