राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय प्रथम

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १३ पुस

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन तथा विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम शुक्रबार लिबाली कभर्ड हलमा सम्पन्न भयो । उक्त प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले २३ स्वर्ण पदक प्राप्त गरी प्रथम, जेसिस स्कूलले ९ स्वर्ण पदक प्राप्त गरी द्वितीय, मेधा माविले ८ स्वर्ण र बागीश्वरी माविले ६ स्वर्णसहित तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका विजयी र उत्कृष्ट खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई सक्रिय बनाइराख्न खेलकुदको ठूलो भूमिका रहेको बताउँदै खेलाडीहरुले हार जितको लागि मात्र नभई देशको स्वतन्त्रता रक्षाको निम्ति पनि खेल्नुपर्ने बताए ।
उनले खेलकुद क्षेत्रको विकासको लागि भक्तपुर नपाले विभिन्न खेलकुद गतिविधिको आयोजना गर्दै आइरहेको बताउँदै विद्यार्थी जीवनदेखि खेलकुदमा सक्रिय बनाउन यस्ता प्रतियोगिताको आवश्यकता रहने बताए ।


कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवादज्ञापन गरे ।
उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गरेको थियो भने भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, वडा सदस्य रामसुन्दर बासीले पनि बोलेको थियो ।

त्यस्तै प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, श्री पद्म मावि द्वितीय र बागीश्वरी मावि तृतीय हुन सफल भए । सोही खेलको छात्रातर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, बासु मावि द्वितीय र बागीश्वरी मावि तृतीय हुन सफल भए ।
त्यस्तै कबड्डी खेलको छात्रतर्फ ख्वप मावि प्रथम, मिनर्वा स्कूल द्वितीय, बागीश्वरी मावि र पारागन इ. स्कूल तृतीय हुन सफल भए । कबड्डी छात्रातर्फ साइनिङ स्कूल प्रथम, पारागण इ. स्कूल द्वितीय, बागीश्वरी र ख्वप मावि तृतीय हुन सफल भए ।

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको नतिजा
त्यस्तै प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, श्री पद्म मावि द्वितीय र बागीश्वरी मावि तृतीय हुन सफल भए । सोही खेलको छात्रातर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, बासु मावि द्वितीय र बागीश्वरी मावि तृतीय हुन सफल भएका छन् ।
त्यस्तै कबड्डी खेलको छात्रतर्फ ख्वप मावि प्रथम, मिनर्वा स्कूल द्वितीय, बागीश्वरी मावि र पारागन इ. स्कूल तृतीय हुन सफल भएका छन् । कबड्डी छात्रातर्फ साइनिङ स्कूल प्रथम, पारागण इ. स्कूल द्वितीय, बागीश्वरी र ख्वप मावि तृतीय हुन सफल भएका छन् ।

सितेरियो कराँते प्रतियोगितामा बागीश्वरी मावि प्रथम, ख्वप मावि द्वितीय र जेन्यून इ. स्कूल तृतीय हुन सफल भएका छन् । तेक्वान्डो खेलमा सैनिक आवासीय महाविद्यालय प्रथम, बागीश्वरी मावि द्वितीय र श्री पद्म मावि तृतीय हुन सफल भएका छन् । एथ्लेटिक्स खेलतर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, जेसिस इ. स्कूल द्वितीय र बागीश्वरी मावि तृतीय हुन सफल भएका छन् ।
उसु खेलमा मेधा मावि प्रथम, बासु मावि द्वितीय र बाल विकास सेकेन्डरी स्कूल तृतीय हुन सफल भएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी
त्यस्तै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल खेलमा सैनिक महाविद्यालयका छात्रा सृष्टि कार्की र छात्रातर्फ सैनिक आ.वि. कै प्रज्ज्वल भण्डारी उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।
एथ्लेटिक्सको छात्रातर्फ जेसिस स्कूलका जेसिका दुवाल, छात्रतर्फ सैनिक महाविद्यालयका सुदिप केसी उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । कबड्डी छात्रातर्फ साइनिङ स्कूलका रेजिना मगर र छात्रतर्फ ख्वप माविका सुमन प्रजापति उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

तेक्वान्डो छात्रातर्फ सैनिक स्कूलका स्मृति गुरुङ र छात्रतर्फ बागीश्वरी माविका नविन सेन्चुरी उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । सितेरियो कराँते छात्रातर्फ शारदा माविका करुणा तामाङ र छात्रतर्फ माउन्ट भ्याली स्कूलका विकल चवाल उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । उसु खेलको छात्रातर्फ सैनिक आवासीय महाविद्यालयका सिल्भिया प्रजापति र छात्रतर्फ मेधा माविका रोशन बि.क उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *