भक्तपुर बचतमा कर्मचारीहरुले गरे स्वागत तथा बधाई

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १ कात्तिक


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा र एघारौं अधिवेशनबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई बुधबार संस्थाका कर्मचारी प्रशासनले स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निर्मल प्रजपतिले विगतबाट हुँदै आएको ‘सहकार्य, सहमति र सहभागिता’लाई अंगिकार गरी संस्था चलिआएको स्मरण गर्दै संस्थाका निम्ति सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिबाट भएका नीतिहरुको कर्मचारी विभागबाट बोझ नठानी कार्यान्वयन गर्नुपर्ने बताए । उनले कर्मचारीहरु क्रियाशिल, सृजनशील र आफ्नो कामलाई माया गर्ने खालको हुनुपर्ने बताए । साथै संस्थागत नीतिबाहेक सरकारबाट जारी नीति नियम तथा सहकारी निर्देशिकाको सबैले अद्यावधिक गरिरहनुपर्ने उनको भनाइ छ । उनले आउने प्रविधिसँग कर्मचारीहरुले सामना गर्न तयार हुनुपर्ने बताउँदै अब प्रविधिमैत्री कार्यक्रमहरुलाई जोड दिने बताए ।

पूर्व अध्यक्ष बलराम प्रजापतिले समिति, उपसमिति र कर्मचारीहरुको एकता र नीतिगत कार्यक्रमले संस्था बलियो भएको जिकिर गर्दै ४ बर्षे रणनीतिले संस्थाको दायित्व ४ अर्ब ७८ करोड पुर्‍याउने लक्ष्य पूरा गर्न सबैको एकताको आवश्यकता रहेको औंल्याए । उनले संस्थाभित्र कुनै खोटपूर्ण कार्य नभएकै कारण सबैको लागि संस्थाले सफल परिचय छोड्न सकेको बताए ।

संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले स्वागत तथा बधाई ज्ञापन गरेको उक्त कार्यक्रममा पूर्व अध्यक्ष बलराम प्रजापतिलाई मायाको चिनो प्रदान गरेको छ । सहायक व्यवस्थापक दयालक्ष्मी धन्छाले स्वागत गरेको उक्त कार्यक्रममा ऋण अधिकृत अञ्जना छुस्यावाग, सञ्चालक समितिका कृष्णश्वरी दुवाल, लेखा सुपरीवेक्षण समितिका प्रेम प्रजापति र चन्द्रलक्ष्मी दुवालले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *