स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक सदस्य देउजा सम्मानित

न्यूज अपडेट भक्तपुर भक्तपुर, ११ बैशाख वरिष्ठ नाट्यकार र एवं पत्रकार जीतबहादुर देउजा (विजय विस्फोट) शनिवार सम्मानित भएका छन् । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले उनलाई एक समारोहवीच बधाई तथा सम्मान गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री पदकबाट हालै विभूषित हुन सफल भएकोमा जिल्लाबासीकोतर्फबाट उनलाई बधाई तथा सम्मान गरेको हो । स्वतन्त्र […]

Continue Reading

वायु प्रदूषण नियन्त्रणका लागि भएका प्रगति सदनलाई जानकारी दिन माग

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ चैत राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डाँगीले उक्त माग गरेकी हुन्। पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा उच्च प्रदूषण भएको छ। यसले मानिसको स्वास्थ्यमा गम्भीर असर […]

Continue Reading

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

न्यूज अपडेट संवाददाता विहार, ५ चैत भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। बिहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा […]

Continue Reading

सिंहदरबार वैद्यखाना: आम्दानी भन्दा खर्च बढी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ बैशाख   ३१२ किसिमका औषधि उत्पादन गर्ने लक्ष्य तर ७६  मात्र उत्पादन सिंहदरबार वैद्यखानाको आयभन्दा व्यय बढी भएको पाइएको छ। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले वैद्यखानाको आयभन्दा व्यय बढी भएको देखाएको हो। गत वर्ष समितिको सरकारी अनुदान  १ करोड ५० लाख ७ हजार समेत गरी  कुल आम्दानी  १५ करोड […]

Continue Reading

स्वास्थ्यकर्मीहरुले सेवाको भावनाले काम गर्नुपर्ने-विजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें(रोहित)को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा ख्वप ईन्जिनियरिड्ड कलेजको सभाहलमा विस्काः जात्रा तथा नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले अहिले देशको अर्थतन्त्र तहसनहस हुनुमा कर्मचारीहरु इमानदार र […]

Continue Reading

वर्गीय आन्दोलन र वर्गसङ्घर्षले मात्र महिला मुक्ति हुने

सृजना सैजू चितवन, २९ चैत सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्स भन्नुहुन्छ, “राज्यको बन्दोबस्त कस्तो छ र समाजको अवस्था के हो ? महिलाको अनुहारमा प्रतिबिम्बित हुन्छ ।” श्रमिकवर्गका महिलाको अवस्थाले मात्र समाजको वास्तविक स्थिति देखाउँछ । महिलाले सुख पाएको व्यवस्था या समाज अगाडि बढेको समाज कहलिन्छ । नेपाली समाजको वर्तमान अवस्था के हो ? नेपाली महिलाहरूको […]

Continue Reading

काभ्रेको बल्थलीमा ९० वर्षीया वृद्धाको हत्या

न्यूज अपडेट संवाददाता काभ्रे, २९ चैत काभ्रेको पनौती नगरपालिका ११ बल्थलीमा ९० वर्षकी वृद्धा कान्छी थापाको हत्या भएको छ । उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिए । बोहराका अनुसार हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका छन् । विश्वमा मानसिक समस्या रहेको बुझिन […]

Continue Reading

भक्तपुरमा सुरु भयो बिस्का जात्रा 

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ चैत भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा सोमबार सुरु भएको छ । तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु भएको छ । ‘बिस्काः’ पनि भनिने बिस्केट जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा […]

Continue Reading

वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

 न्यूज अपडेट संवाददाता विराटनगर, २८ चैत विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने […]

Continue Reading

बिस्का जात्रा २०७९ बारे सद्भाव र्‍याली तथा सद्भाव सभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ चैत भक्तपुर नगरपालिकाको आयोजनामा भोलि (चैत्र २७ गते) देखि सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन भक्तपुरको टौमढीमा आइतबार सद्भाव सभाको आयोजना गरेको छ । सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव माननीय प्रेम सुवालले जात्रा, पर्व, कला र संस्कृति भनेका मानव […]

Continue Reading