स्वास्थ्यकर्मीहरुले सेवाको भावनाले काम गर्नुपर्ने-विजुक्छेँ

कला/साहित्य विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २९ चैत


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें(रोहित)को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा ख्वप ईन्जिनियरिड्ड कलेजको सभाहलमा विस्काः जात्रा तथा नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले अहिले देशको अर्थतन्त्र तहसनहस हुनुमा कर्मचारीहरु इमानदार र लगनशील भई काम नगर्नुको परिणाम हो भन्नुहुँदै ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरु आप्mनो पेशाप्रति लगनशील भई इमानदारितापूर्वक देश र जनताको सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गरे ।


उनले सरकारले सरकारी अस्पतालमा राम्रो बन्दोबस्त गर्न नसक्दा जनताहरुले अकालमा मृत्युवरण गर्नु परिरहेको बताउँदै देशको सन्तुलित विकासको निम्ति हरेक प्रदेश र जिल्ला सदरमुकामहरुमा वीर अस्पताल जस्तो सुविधा सम्पन्न अस्पतालहरुको बन्दोबस्त गर्नुपर्ने बताए । उनले सरकारी अस्पतालले राम्रो सेवा प्रदान गरेको भए कोही पनि महंगो निजी अस्पतालमा नजाने स्पष्ट पारृे ।


प्रमुख अतिथि विजुक्छेंले जनताको चेतनास्तर वृद्धि नभएसम्म स्वास्थ्य सेवामा चुनौती रहने हुँदा स्वास्थ्यकर्मीहरुले सेवाग्राहीसँग नम्र व्यवहार गर्नुपर्ने तथा आप्mनो क्षेत्रमा सफलता पाउन अथक प्रयास गर्नुपर्ने बताउँदै विदेशी भाषाहरुको ज्ञान अभिवृद्धि गर्न सके आप्mनो पेशाका साथसाथै उच्च शिक्षा प्राप्त गर्नमा सहयोग हुने विचार व्यक्त गरे । उनल भने, – “भौतिक परिवर्तन भन्दा सांस्कृतिक परिवर्तन महत्वपूर्ण कुरा हो ।”
कार्यक्रमका सभापति एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले नगरबासीहरुको लागि ख्वप अस्पतालमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा, अस्पतालमा अन्तरंग सेवा लगायत ८० रुपैंयामा विशेषज्ञ सहितको १० घण्टा ओपिडी सेवा, निःशुल्क अक्सीजन, नियमित भिडियो एक्सरे लगायत सेवा प्रदान गर्दै आएको र निकट भविष्यमा प्रसुति सेवा शुरु गर्ने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी दिए ।


ख्वप अस्पताल सञ्चालनको शुरुवात देखिनै संघ र प्रदेश सरकारलाई सिटी स्क्यान र एमआरआई मेशीन जस्ता स्वास्थ्य उपकरणहरुको माग गर्दै आए पनि हालसम्म प्राप्त नभएको बताउँदै उनले नपा स्वयंयले आवश्यक उपकरणहरु थप गर्दै अगाडि बढ्ने जानकारी दिए ।
युवाहरु विदेशिने क्रम हरेक वर्ष बढ्दै जानु चिन्ताजनक रहेको बताउँदै हरेक वर्ष शिक्षाको लागि मात्र खर्बौ रुपैंया बाहिर गइरहेको बताउँदै देशमै भएको स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु आजको आवश्यकता भएको उनको ठहर छ । उनले दैनिक ७–८ सयको दरले यस आ.व.को ८ महिनाको अवधिमा ख्वप अस्पतालले देशभरीकै १ लाख ४२ हजारभन्दा बढी जनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गरिसकेको जानकारी दिँदै आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने विरामीहरुको लागि लक्षित गरी छुट्टै कोषको व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रमका अतिथि एवं भनपाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रलाई आत्मसात गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति जगेर्ना र सम्पदा संरक्षण लगायत सरसफाईमा गरिरहेको कार्यको चर्चा गर्दै बिस्का जात्रालाई विशिष्टिकृत जात्राको रुपमा सम्भ र सुसंस्कृत तरिकाले मनाउनुपर्ने विचार व्यक्त गरे ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाईरेक्टर डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालले प्रदान गर्दै आएको सेवाबारे संक्षेपमा जानकारी दिएको उक्त कार्यक्रममा ख्वप अस्पतालका डा. अमर प्रजापति, डा. रत्नसुन्दर लासिवा, स्टाफ नर्स रविना कवांले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *