वायु प्रदूषण नियन्त्रणका लागि भएका प्रगति सदनलाई जानकारी दिन माग

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ५ चैतsharethis sharing button

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डाँगीले उक्त माग गरेकी हुन्।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा उच्च प्रदूषण भएको छ। यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने विज्ञहरुको चेतावनी आउँदै गर्दा सांसद डाँगीले सदनबाट सरकारको गतिविधिबारे जानकारी दिन माग गरेकी हुन्।

‘काठमाडौं संसारकै प्रदूषित सहरको पहिलो सूचीमा परेको छ। काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ माइक्रोग्राम रहेको छ। यसरी काठमाडौं विश्वकै प्रदूषित सहरमा पर्ने घटना पहिलो भने पक्कै हैन। केही वर्ष यतादेखि निरन्तर रुपमा देखा परिरहेको छ,’ सांसद डाँगीले भनिन्, ‘त्यसैले वायु प्रदूषण नियन्त्रण र रोकथामका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु के–के बनाइएका छन् तीनको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत् अनुरोध गर्न चाहन्छु।’

नेपाल सरकारले तोकेको वायु गुणस्तर मापदण्ड, २०६९ मा हावामा पाइने मसिना धूलोको कण पार्टिकुलेट म्याटर २.५ को दैनिक औषत मापदण्ड ४० माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *