कीर्ते सर्टिफिकेट बनाएर एमबिबिएस पास, डा साहविरुद्ध ७ वर्षको कैद मागदाबी गर्दै मुद्दा दर्ता

 न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ फागुन कीर्ते सर्टिफिकेट बनाएर एमबिबिएस अध्ययन गरेर डाक्टर बनेको पाइएको भन्दै एक जना डाक्टरविरुद्ध मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता हुनेमा सर्लाहीको इश्वरपुर नगरपालिका १४ का २७ वर्षीय डाक्टर अजय साह छन्। एमबिबिएस अध्ययन गर्नका लागि चाहिने एसएलसीको लब्धांक नम्बर कीर्ते गरेको पाइएपछि साहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको […]

Continue Reading

आज महाशिवरात्रि पर्व मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ फागुन महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि […]

Continue Reading

अमर सहिदहरुको स्मृतिमा अन्तर नगर पुरुष खो खो प्रतियोगिता

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ फागुन २०४६ सालको जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाले अन्तर नगर पुरुष खो खो प्रतियोगिताको आयोजना गरेको छ । २०७९ फागुन ५ देखि ९ गते सम्म सञ्चालन हुने अन्तर नगर पुरुष खो खो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन […]

Continue Reading

मतदाता बसेकै ठाउँबाट भोट हाल्‍न पाउनेगरी कानून बनाउनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ फागुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका हुन् । उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले […]

Continue Reading

साम्राज्यवादीहरु युक्रेनलाई युद्धको केन्द्र बनाउन खोज्दैछन् – का. रोहित

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ फागुन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित)ले ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औं, शारदा क्याम्पसको ३२ औं र ख्वप कलेज अफ लको स्थापना तथा सञ्चालनको अवसरमा शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रमको बुधबार पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरे । अध्यक्ष विजुक्छेंले रुसले […]

Continue Reading

बेथानचोकलाई काठमाडौं जोड्ने सडकको स्तरोन्नति सुरु

न्यूज अपडेट संवाददाता काभ्रे, ३ फागुन काभ्रेको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुसेखोल्सा–चलाल गणेशस्थान सडकखण्डको स्तरोन्नति सुरु भएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना लगायत जनप्रतिनिधिहरुले स्तरोन्नति कार्यको उदघाटन गरेका हुन् । गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नती गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । सडक स्तरोन्नतीपछि गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा […]

Continue Reading

शिवरात्रिमा पशुपतिमा २० लाख भक्तजन आउने अनुमान

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ फागुन शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रिको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै कोषले शिवरात्रिमा करिब २० लाख धार्मिक पर्यटक आउने अनुमान गरेको हो । ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरेर गर्ने कोषले जनाएको […]

Continue Reading

बागीश्वरी माध्यमिक विद्यालयको नवनिर्मित दुुईवटा भवनको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २ फागुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत बागीश्वरी माध्यमिक विद्यालयको नवनिर्मित दुुईवटा भवनको आज संयुक्त रुपमा उद्घाटन गरे । भक्तपुरको च्याम्हासिंह र कमलविनायकमा बनाइएको बागीश्वरी माविको नयाँ भवनको बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ताम्रपत्र अनावरण र […]

Continue Reading

नेक्राकिसङ्घको तेस्रो सम्मेलन सम्पन्न एक्काइस सदस्यीय केन्द्रीय समिति निर्वाचित

न्यूज अपडेट संवाददाता बारा, १ फागुन   नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्र बारा जिल्लाको कलैयामा आइतबार सम्पन्न भयो । बन्द सत्रमा नेमकिपाका सचिव प्रेम सुवालले राज्यको स्वामित्वमा उत्पादन र वितरणको व्यवस्था भएमात्र देश र जनताको हित हुने बताए । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने र झूटा आश्वासन दिने पार्टी […]

Continue Reading

मंलगबार काठमाडौं उपत्यका सार्वजनिक यातायात बन्दको घोषणा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन भड्कियो यातायात मजदुरको आन्दोलन सोमबार दिउँसो १ बजेका लागि यातायात मजदुरहरुले नयाँ बसपार्कमा विरोधसभा आयोजना हुने तय थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ घोषित आन्दोलनअनुसार संयुक्त रुपमा बसपार्कभित्रै विरोध कार्यक्रम गर्ने तयारीमा थिए । साढे १२ बजे नै […]

Continue Reading