थप ५३ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडौं, १० असोज

पछिल्लो २४ घण्टामा देशभर ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५३ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ६२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ८२५ जनाको पिसिआर र १७९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११७८ जना सक्रिय संक्रमित छन्।

८४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *