समय साकोसको अध्ययन भ्रमण चरिकोटमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ चैत


समय बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुरका प्रतिनिधिमण्डल मंगलबार दोलखा चरिकोटस्थित रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था मा अध्ययन भ्रमण सम्पन्न भएको छ ।
समय साकोसका अध्यक्ष श्याम सुन्दर बेकोजुले जिम्मेवार पदमा रहेका काम गर्नेका लागि यो भ्रमण फलदायी रहेको बताएको छ । यस भ्रमणले सदस्यहरुमा सहकारीको नयाँ नीति, नियम, कार्यविधिको प्रयोग र अद्यावधिक गरिरहनुपर्ने कुरा सिकेको उनको कथन छ ।


मिलिजुली साकोसका सहायक व्यवस्थापक रमेश सापकोटाले सहकारी ज्ञान साटासाट भएको बताउँदै सहकारीको महत्वबारे स्पष्ट पारे । उक्त संस्थाका ऋण असुली अधिकृत राजन श्रेष्ठले संस्थाको कार्य विवरण प्रस्तुतीकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *