चितवन, २२ पुस
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम लागि दुईपटक मिति थप गरेर पनि नसकिएपछि पुनः २ दिन थपेर बन्द गर्न लागिएको छ । दोस्रो थप गरिएको मिति पुस २२ गते सकिएपछि थप दुईदिन दिउँसोमा सो सडक बन्द हुने भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले मंगलवार सूचना जारी गर्दै जानकारी दिएको छ ।
गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ । पुस २४ गतेसम्म दिउँसो सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
पहिरो नियन्त्रण र मर्मतसम्भार कार्य नसकिएकोले मिति थप गरिएको आयोजनाले जनाएको छ । यसअघि पनि पहिरो रोकथाम र मर्मतका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बन्द हुँदै आइरहेको छ ।
यो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्र किलोमा रोकिनेछ भने मालबाहक सवारीसाधनलाई दासढुंगामा रोकिने छ । यसैगरी काठमाडांैबाट मुग्लिनतर्फ आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजार र पोखराबाट आउने सवारीसाधनलाई बेनिटारमा रोकिने छ ।
काठमाडौबाट मुग्लिनतर्फ आउने मालबाहक सवारीसाधनलाई लेवाटारमा र पोखराबाट आउने मालहाबहाक सवारीसाधनलाई आंँबुखैरहनीमा रोकेर व्यस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए ।
एम्बुलेन्स ,शबबहान र सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनको हकमा भने सुरक्षा निकायको समन्वयमा सडक पास गराउने व्यवस्था गरिएको छ । आयोजनाले कार्यातालिका अनुसार सवारी सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ । यो सडक खण्डमा दैनिक झण्डै १० हजार सवारी ओहोर दोहोर गर्दछन ।