भक्तपुर बचतमा उपस्थिति रकम वितरण सुरु, असोज १९ गते साधारणसभा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ असोज


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७औ वार्षिक साधारणसभामा वितरण गरिने उपस्थिति रकम आज बिहीबारदेखि सुरु भएको छ ।

संस्थाकै प्राङ्गणमा असोज १९ गते विहान ११ बजे हुने साधारणसभाको उपस्थिति रकम असोज १७, १८ र १९ गते वितरण गर्ने संस्थाका स्रोतले बताएको छ ।

आ.व. २०८०/०८१ को लाभांश २७औं साधारणसभाबाट पारित भएपछि यही असोज २१ गतेदेखि सम्बन्धित सदस्यकै नियमित बचत खातामा जम्मा गरिने र सो रकम जुनसुकै बेला सदस्य स्वयम्ले निकाल्न सकिने व्यवस्थापक सत्यनारायण साँयजुले बताएको छ । साथै उपस्थिति रकम लिन र लाभांश निकाल्न परिचयपत्र वा पासबुक लिएर उपस्थित हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *