प्योङयाङमा सैन्य हार्डवेयर प्रदर्शनी तथा रक्षा विकास–२०२४ को उद्घाटन

न्यूज अपडेट संवाददाता प्योङयाङ, ७ मङ्सिर (केसीएनए) कोरियाली मजदुर पार्टीले आफ्नो ऐतिहासिक आठौँ महाधिवेशनमा कोरियाली जनसेना– केपीएलाई बृहत् विकास गर्ने राष्ट्रिय रक्षा विकास रणनीति घोषणा गरेपछि कोरियाली जनसेनालाई सैन्य प्रविधिको हिसाबले बलियो बनाउने उद्देश्यले राष्ट्रिय रक्षा उद्योगमा दोस्रो क्रान्तिको नेतृत्व गरेको छ । कोरियाली जनसेना राष्ट्रिय रक्षा विज्ञान र प्रविधिको उच्च विकास गरी अत्याधुनिक हतियार […]

Continue Reading

स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी, मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ मंसिर तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा […]

Continue Reading

“कामदारवर्गको हितको निम्ति क्रान्ति जरुरी छ”– सचिव सुवाल

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ कात्तिक नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा मङ्गलबार अक्टोबर क्रान्ति दिवसको अवसरमा महिला कार्यकर्ता भेला सम्पन्न भएकाे छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले क्रान्तिको अर्थ खराब बन्दोबस्तलाई उल्टाउनु र असल बन्दोबस्त ल्याउनु हो; सोभियत सङ्घमा लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले राजा महाराजा […]

Continue Reading

१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप निःशुल्क लगाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ कात्तिक स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्। मंगलबार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ। यस निर्णयबाट […]

Continue Reading

कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट? 

डा निभा राजभण्डारी काठमाडाैं, २७ कात्तिक निमोनिया विश्वमा वयस्क र बालबालिकाका लागि सबैभन्दा बढी घातक संक्रमण मानिन्छ। ग्लोबल बर्डेन अफ डिजिजको तथ्यांकअनुसार सन् २०२१ मा यसका कारण २२ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ, जसमा ५ लाख २ हजार बालबालिका छन्। यसबाहेक कोभिड–१९ का कारण १ करोड मानिसको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठन […]

Continue Reading

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इन्डोनेशियाका राष्ट्रपतिबिच भेटवार्ता

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ कात्तिक नोभेम्बर ९ का दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका इन्डोनेशियाका राष्ट्रपति प्रभोवो सुबियान्टोसँग भेटवार्ता गरेको छ । सी चिनफिङले चीनले इन्डोनेशियाको नयाँ सरकारसँग क्षेत्रीय तथा विश्वव्यापी प्रभाव रहेको भाग्य समुदाय निर्माण गरी आफूलाई बलियो बनाउन, एकताबद्ध र सहकार्य गर्न र […]

Continue Reading

२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ कात्तिक २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् । मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित […]

Continue Reading

बागमती प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बीमा

न्यूज अपडेट संवाददाता मकवानपुर, २० कात्तिक बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सीमान्तकृत समूह र अपांग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा पछाडि परेका लोपोन्मुख जाति, सीमान्तकृत समूह, आश्रममा आश्रित, अपांगता र महिला स्वास्थ्य स्वयम् सेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामार्फत गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका […]

Continue Reading

नेपाल भाषा साहित्य तःमुंज्याले निकाल्यो भिन्तुना र्‍याली

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ कात्तिक नेपाल भाषा साहित्य तःमुंज्या मु गुथि ख्वपले शुक्रबार भक्तपुरमा नेपाल सम्वत् ११४५ को अवसरमा भिन्तुना र्‍याली (शुभकामना र्‍याली) निकालेको छ । नगरको दुई स्थानबाट र्‍याली सुरु भएको थियो । वडा नं १ देखि ५ सम्मका लागि तःमारीबाट र ६ देखि १० सम्मका लागि सुजमारीबाट र्‍याली सुरु भएको थियो । […]

Continue Reading

वागीश्वरीमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ कार्तिक नेपालीहरूको दोस्रो महान् चाड तिहार र नेपाल संवत् ११४५ तथा छठको अवसरमा शुभकामना तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम बुधबार कमलविनायक र च्याम्हासिंहमा छुट्टाछुट्टै सम्पन्न भएको छ । वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा कमलविनायकमा भएको कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज […]

Continue Reading