थापाथली अस्पताल परिसरबाट बच्चा चोरी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ११ फागुनsharethis sharing button

काठमाडौंको थापाथली  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको हो।

उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएका कारण खोजेकी थिइन‍्। नभेटिएपछि उनले प्रहरीलाई जानकारी गराएकी हुन्।

चोरी भएको बच्चा जम्मा २२ दिनको रहेको  प्रहरीलाई बच्चाकी आमाले जानकारी दिएकी छिन्। अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ।

उक्‍त घटनाको प्रहरीले छानविन गरिरहेको अस्पतालका निर्देशक श्री अधिकारीले जानकारी दिएका छन्।  उनले भने,  ‘हामीकहाँ भर्ना भएको बिरामी होइनन्। ओपिडीमा जाँच्न आएकी महिलाले अपरिचितलाई बच्चाको जिम्मा लगाउँदा घटना घटेको पाइएको छ। थप छानविन जारी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *