भक्तपुर बचतमा शपथ खुवाए उपसमितिका पदाधिकारीहरुलाई

अर्थ/वाणिज्य खेलकूद विशेष समाचार समाचार

कात्तिक १७ र १८ गते ‘भक्तपुर साकोस नेशनल र्‍यापिड रेटिङ चेस च्याम्पियनशीप–२०८०’ हुने

न्यूज अपडेट संवाददाता
भक्तपुर, १३ कात्तिक

कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले समिति, उपसमितिका पदाधिकारीहरुलाई मार्ग निर्देशन दिँदै संस्थालाई नमूनालायक बनाउन संस्थाका समिति, उपसमिति, कर्मचारी सबैले नमूनायोग्य कार्य गरि देखाउनुपर्ने चुनौती रहेको बताए । उनले संस्थाबाट निर्मित नीति, विनियम, कार्यक्रमबारे ज्ञान लिनुपर्नेमा जोड दिए । संस्थासँग सम्बन्धित कुनै पनि नयाँ प्रस्ताव संस्थाभित्रैबाट सरसल्लाह गरी समाधान गर्नुपर्ने उनले स्पष्ट पारे ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले निर्माण गरेका एघार वटै उपसमितिका पदाधिकारीहरुलाई शपथ खुवाउँदै सहभागितामूलक सहकार्यबाट सहकारीको गन्तव्य पूरा गर्न सबैले साथ दिनुपर्नेमा जोड दिए । उनले संस्थाको नीति संग्रह सबैले अध्ययन गरी संस्थाको गतिविधिबारे जानकार हुनुपर्ने बताए । साथै यस आ.व.का लागि निर्मित २६ वटाभन्दा बढी कार्यक्रमका लागि २८ लाखभन्दा बढी रकम विनियोजन भइसकेको जानकारी दिँदै संस्थाको हरेक कार्यक्रममा उपसमितिको सक्रियता हुने अपेक्षा गरे ।

संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले स्वागत गरेको उक्त कार्यक्रममा सचिव जगनाथ प्रजापतिले नवगठित खेलकुद उपसमितिको आयोजनामा यही कात्तिक १७ र १८ गते ‘भक्तपुर साकोस नेशनल र्‍यापिड रेटिङ चेस च्याम्पियनशीप–२०८०’ को आयोजना हुने जानकारी गराउँदै उक्त कार्यक्रममा सबैको सक्रिय सहभागीता आवश्यक रहेको बताए । यसको पुरस्कार वितरण कार्यक्रम संस्था स्थापना दिवसको अवसरमा कात्तिक १९ गते प्रदान गर्ने उनले बताए ।


संस्थाले लक्ष्मीप्रसाद कुसीको संयोजकत्वमा शिक्षा उपसमिति, तारादेवी धन्छाको संयोजकत्वमा व्यवसाय प्रवद्र्धन उपसमिति, विष्णुकुमार प्रजापतिको संयोजकत्वमा युवा उपसमिति, राजेश प्रजापतिको संयोजकत्वमा खेलकुद उपसमिति, नारायणी खोजूको संयोजकत्वमा सांस्कृतिक उपसमिति, कृष्णश्वरी दुवालको संयोजकत्वमा सूचना तथा प्रकाशन उपसमिति, जगनाथ प्रजापतिको संयोजकत्वमा ऋण उपसमिति, बलराम प्रजापतिको संयोजकत्वमा ज्येष्ठ तथा बाल सदस्य उपसमिति, रामलक्ष्मी दुवालको संयोजकत्वमा कृषि उपसमिति, रामेश्वरी कोजूको संयोजकत्वमा महिला उपसमिति र कृष्ण सु्न्दर प्रजापतिको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *